काभ्रे, फागुन १०। केदारनाथ बचत तथा ऋण सहकारी संस्था लि. को २०८१/०८२ को अर्ध बार्षिक समिक्षा बैठक तथा बनभोज कार्यक्रम पलाञ्चोक भगबति स्थानमा एक समारोहबीच शनिवार सम्पन्न भयो ।
कार्यक्रममा अतिथि सल्लाहकार रामकृष्ण प्रजापतिले संचालक र सदस्यहरुलाई सहकारी सम्बन्धि आवश्यक ज्ञान दिन तालिम लगायत सदस्यहरुको आर्थिक र सामाजिक स्तर बृद्धि हुने गतिविधिमा ध्यान दिने र उत्पादनमुलक क्षेत्रमा लगानी गर्नुपर्ने बताउनुभयो ।
उहाँले सरकारले ल्याएको सहकारी अध्यादेशले समुदायमा आधारित सहकारीहरुलाई समस्या पर्ने बताउदै निक्षेप संकलनमा सीमा तोक्दा सहकारीको पैसा बैंक र घरमा थन्कि संस्थाको स्थिरता र अर्थतन्त्रमा समस्या निम्तिने बताउनुभयो ।
कार्यक्रममा कोषाध्यक्ष साजन कसपालले ऋण सुरक्षित नहुँदा सहकारीमा नकारात्मक सन्देश गएको बताउँदै सहकारीले सुरक्षितका साथ अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो । उहाँले अध्यादेशले संस्थाका दिगो विकास र सुरक्षित परियोजनताको लागि सुझाब एवम् सल्लाह आवश्यक भएको बताउँदै त्यसमा सदस्य सबैको सहयोग आवश्यक रहेमो बताउनुभयो ।
कार्यक्रममा अर्का सल्लाहकार रामकृष्ण छुस्यावागले सहकारी ठगीले गर्दा आएको अध्यादेशले सरकार कै बदनाम भएको बताउनुभयो ।
कार्यक्रम संस्थाका अध्यक्ष राजभाई तजल्यको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रबन्धक दयाराम तजलेले अर्धबार्षिक समिक्षा प्रतिवेदन प्रस्तुत गर्नुभयो भने स्वागत सचिव कृष्णराम चगुठीले गर्नुभएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1


















