कतै नेपाल प्यालेस्टिन बन्ने होइन ?

0
161


सत्यराम कासिछ्वा


उत्पादन र व्यवहारिकतामा
शिक्षा क्षेत्रको बेवास्ताले
सीमित व्यक्तिको समृद्धिलाई
देशको समृद्ध मान्दा
उर्वर खेतखलियानको भूमि
शक्तिशाली र उर्वर परिश्रमी
युवा र शिक्षित जनशक्ति
अभावमा बाँझोपन राख्दै
वैदेशिक सहयोग र अनुदानको लोभमा
संस्कार र संस्कृति दाउमा राख्दै
स्रोत साधन सुम्पिन किन तयार
आज सर्वसाधारण जनताको
सामान्य जीवन नै असहजताले
सुख शान्ति समृद्धिको लागि
दिनदिनै हजारौं शिक्षित युवा
आफ्नै मातृभूमि देश छोड्दै गर्दा
विना विध्वंस र आक्रमण
दक्षिण एसियामा जन्मिँदै
नेपालको भू अस्तित्व
विश्व मानचित्रमा मेटिदै
नयाँ प्यालेस्टाइन
दक्षिण एसियाको प्यालेस्टाइन
कतै नेपाल त बन्ने होइन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here