कविता : उठ्दैछ मेरो सास

0
175

सत्यराम कासिछ्वा

जेजस्तो भए नि आफ्नालाई नियुक्तिमा दिलाइन्छ दर्खास्त
क्षेत्र अनुसारको मेहनत अवमूल्यन गर्दै गरिन्छ बर्खास्त
आफ्नाको सरल जीवनका लागि बनिन्छ सधैं सिद्धहस्त

जस्तोसुकै हालतमा नि आफ्नालाई दिइन्छ उच्च तह
निमुखाको वषौं पसिना र मेहनत लुट्दै चाखिन्छ मह
अन्याय अत्याचार विरुद्धको आवाजलाई लगाइन्छ तह

पहुँचवाला चाहन्छ क्षणिक कामको पारिश्रमिक मेवा
पहँुचविहिनको दिनभरको कामलाई मान्दछ यहाँ सेवा
अनि कसरी हुन्छ समस्त श्रमिक जीवनको मानवसेवा

आफन्तको जीवन सहजीकरणका लागि हरदम साधक
सिद्धान्त अनुसार व्यवहारमा ढाल्ने प्रयासको त्यो अथक
योग्यता र अनुभवलाई समेत कुल्चिदैं किन हुन्छन् बाधक

सिद्धान्त र मिठासपनको कल्पनामा लुकेको त्यो भविष्य
खोज्दाखोज्दै बिराएँ जस्तो लाग्छ मलाई जीवनको लक्ष्य
वैयक्तिक स्वार्थ त्याग्दै निरन्तर गर्दैछ म आफ्नो कर्तव्य

योग्यता र अनभवको मेहनतमा गरेको त्यो वर्षाैंको आश
आफ्नालाई सहज गर्दै क्षणभरमै पारिन्छ अरुलाई निराश
शक्ति र भक्तिको कमजोरीमा डबिँदै उठ्दैछ मेरो सास

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here