✍️ आरती नेपाल कक्षा १२, ख्वप मा.वि.
विरका गाथा,सगरमाथा
उचाइ सँग गाँस्दछ
टोपी ढाकाले
सुन्दर मिठो चराको गीत
झल्काउँछ टोपी ढाकाले
देशको माया ,आमाको छाया
दर्साउँछ नेपाली जनमा
भुलेर प्यारा सज्जन हाम्रा
नरमाऊ परदेशी चलनमा
आकाशनै चुम्ने चुचुरो हाम्रै
जनाउँछ टोपी ढाकाले
पुर्खाको आशिष
कहिल्यै नझुकेको सिर
विरकै सन्तान भनी
चिनाउँछ टोपी ढाकाले
नेपाली जनको पहिचान बोक्छ
स्वाभिमानी टोपी ढाकाले ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1


















