✍️ रामकृष्ण प्रजापति
महोत्सव आयो है सांस्कृतिक नगरीमा,
सबैको मनमा उमंगको आशा छायो ।
सङ्गठित भई आयो है भक्तपुर नगरीमा,
एकताले सफलताको विश्वास छायो ।
कलासंस्कृतिको प्रचार गर्ने अवसर,
पर्यटक भित्र्याउने सपनाको लहर ।
सबैको हातमा रोजगारीको अवसर,
जीवन सार्थक बनाउने लक्ष्यको लहर ।
संकल्पसंग जोडिएको यो महोत्सव
नयाँपिँढीलाई सिक्ने सिकाउने अवसर ।
सभ्यताको आफ्नो पहिचान प्रर्दशन
पुरानोबस्तुले नयाँयुगको सेवा गर्ने अवसर ।
कलासंस्कृतिलाई भौतिकवादसंग जोड्ने अवसर
सांस्कृतिकक्रान्तिबाट अन्धविश्वास चिर्ने कहर ।
सङ्गठित शक्तिमा नै छ सचेतनाको बल,
हरेक संधर्षको पाइलामा छ जनताको भर ।
महोत्सव मात्र अवसर होइन,
हाम्रो एकताको चिन्ह हो ।
सपनाको फल मात्र होइन,
मिलेर सफल पार्नु जित हो ।
सांस्कृतिक नगरमा आयो महोत्सव,
अतिथि सत्कार र संस्कारले बन्यो उत्सव ।
गल्लीगल्लीमा छायो परम्परागत नाचगान,
कलासंस्कृतिको जगेर्नाले भयो सम्पदा संरक्षण ।
बाजागाजा र संगीतले भर्यो नगरको चोक-चोक,
चम्किलो दीपमा बल्यो पोखरीको डिल-डिल ।
भुकम्पबाट भत्किएको सम्पदा सजिए सबै,
लोपोन्मुख कलासंस्कृति र सम्पदा ब्यँुताए संगै ।
परम्परागत भेषभूषा वाद्यवादनले पर्यटकलाई चुम्यो,
विभिन्न स्टलहरुमा बग्दै भक्तपुर नगरलाई घुम्यो ।
प्रेमको सन्देश ल्यायो आध्यात्मिक र वैज्ञानिक सम्मिश्रणले
सार्वभौमिकताको सन्देश ल्यायो यस महोत्सवले ।
आओ, हामी सबै मिलेर सफल पारौं,
हामी सँगै बनाऔं, नयाँ भविष्यको मार्ग ।
प्रकृतिको वरदान र जनताको शिल्प, कृषि प्रवृत्तिजन्य,
सांस्कृतिक नगरले प्रस्तुत गर्यौ जीवनको मूर्धन्य ।


















