कालिकाेटकाे तिलागुफा ४ मा नेमकिपा बिजयी

0
333

कालिकाेट, म‌सिर १६ । कालिकाेटकाे तिलागुफा नगरपालिका वडा नं. ४ काे अध्यक्षमा नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का खड्ग शाही निर्वाचित भएका छन्। आइतबार भएकाे उपनिर्वाचनमा निकटतम प्रतिद्वन्द्धी नेकपा (माओवादी केन्द्र)का नैशाेभा शाहीलाई २८ मतले पछि पार्दै उनी निर्वाचित भएका हुन्। उनले १४३ मत प्राप्त गरे भने माओवादीका नैशाेभाले ११५ मत प्राप्त गरे।

त्यस्तै नेकपा (एमाले)का ऐनबहादुर शाहीले ७८ मत प्राप्त गरे। भने, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का गगन बमले ५ मत मात्रै प्राप्त गरे। यहाँ ०७९को निर्वाचनमा माओवादी केन्द्रका परबहादुर शाही निर्वाचित भएका थिए। उनको पहिरोमा परेर निधन भएसँगै उपनिर्वाचन भएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
2
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here