भक्तपुर, मंसिर १५ । भक्तपुर नगरपालिकाको पाक्षिक सरसफाई कार्यक्रम अन्तर्गत भक्तपुर महोत्सब लक्षित गरी वडा नं. २ मा सरसफाई कार्यक्रम सम्पन्न भयो ।

कार्यक्रममा वडा नं २ का वडा अध्यक्ष हरिप्रसाद बासुकलाले भक्तपुर महोत्सबलाई कला, संस्कृति र जीवन शैली सिक्ने र सिकाउने अवसरको रूपमा लिएको बताउनु हुदै महोत्सब सफल पार्न सबैलाई आग्रह गर्नुभयो । उहाँले महोत्सवमा नेवार जीवन शैलीको गतिबिधि प्रदर्शनी, व्यापार मेला, परम्परागत खेल प्रदर्शनी, पोसाक प्रर्दशनी लगगयत अन्य विविध सांस्कृतिक प्रदर्शनी हुने पनि बताउनु भयो ।
कार्यक्रममा वडा सदस्य मन्जु लाखाजुले महोत्सवमा सबैलाई सक्रिय सहभागीताको लागि अनुरोध गर्दै सरसफाईबारे बोल्नु भएको थियो ।

स्थानीय टोलवासीहरु, विद्यालय, सहकारी प्रतिनिधि तथा विभिन्न संघ संस्थाहरुको सहभागितामा वडा कार्यालयबाट सुरु भइ सहिद स्मृति खेलमैदान, नः पुखु, इताछे,तपालाछी,खौमा, बालाखु गणेश मन्दिर, व्यासी हुँदै वडा कार्यालयमा समापन भएको थियो ।



















