सहकारीले सदस्यहरूको जीवनस्तर उकास्नुपर्ने : प्रमुख सुनिल प्रजापति

0
255

भक्तपुर, मङ्सिर १५ गुरु गणेश बचत तथा ऋण सहकारी संस्था लि. को १७ औं साधारणसभा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवं भक्तपुर नपाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यमा ब्रह्मायणी मन्दिर परिसरमा शनिबार सम्पन भयो ।
कार्यक्रममा अतिथि प्रजापतिले सहकारी साझा काम र सदस्यहरूको जीवनस्तर उकास्न हुनुपर्नेमा जोड दिँदै बाहिर जिल्लाबाट आई खोलेका व्यक्तिहरूले निक्षेप रकम लिई भागेको बताउनुभयो । उहाँले भक्तपुर नगरमा बहुउद्देश्यीय सहकारी संस्था दर्ता नगरेको र बचत नगर्न सूचना निकालेको बताउँदै संख्यात्मकरूपमा भक्तपुर नगरमा सहकारी बढी भएको बताउनुभयो ।
शैक्षिक योग्यता भएकाहरूलाई रोजगारीको समस्या नहुने बताउँदै उहाँले भक्तपुरलाई शैक्षिक हवको रूपमा विकास गरिरहेको बताउनुभयो । उहाँले विदेशीको सहयोगबिना सम्पदा जीर्णाेद्धार र मर्मत गरी संरक्षण गरेको उल्लेख गर्दै सरसफाइ, सम्पदा संरक्षण र शैक्षिक विकास विदेशीको लागि नभई हाम्रै लागि भएको बताउनुभयो ।
भक्तपुर अगाडि बढ्नुको मुख्य कारण शिक्षा भएको उल्लेख गर्दै उहाँले मङ्सिर २८ गतेदेखि पुस २ गतेसम्म हुने भक्तपुर महोत्सव आयोजना गर्नुको मुख्य कारण स्वदेशी तथा विदेशी पर्यटक भित्याई आयस्रोत बढाउन हो भन्नुभयो ।


भनपा वडा नं. ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्वले सहकारी संस्था स्थानीय जनताको आर्थिक र सामाजिक स्तर उकास्न र बचत गरी आवश्यकता पूर्ति गर्न हुनुपर्ने बताउनुभयो ।
संस्थाका अध्यक्ष कृष्णराम कासिछ्वाको सभापतित्वमा सम्पन्न कार्यक्रममा भक्तपुर जिल्ला संघका हरिकृष्ण बल्ल, सिद्धि गणेश साकोसका रुद्रनारायण लाखा, सल्लाहकारहरू कृष्णभक्त लवजु र रामकृष्ण प्रजापतिले पनि बोल्नुभएको थियो ।
कार्यक्रममा आर्थिक प्रतिवेदन कोषाध्यक्ष तुल्सीकेशरी प्रजापति, प्रगति विवरण सचिव सत्यराम ज्ञामरु, लेखा प्रतिवेदन हरिकृष्ण प्रजापतिले प्रस्तुत गर्नुभयो । उपाध्यक्ष श्रीप्रसाद प्रजापति, सीतालक्ष्मी कोजु र गौत्तम कुटुवाजुले पनि कार्यक्रममा बोल्नुभएको थियो ।
कार्यक्रममा असल बचतकर्ता, असल ऋणी, विशिष्ट व्यक्ति, तःमुज्यामा संस्थाबाट गरिएको नृत्य प्रतियोगितामा र सहभागी कलाकारहरूलाई मायाको सहयोग गर्नुहुने नृत्य निर्देशक, व्यवस्थापक चिनो तथा प्रमाणपत्र वितरण गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here