भनपा वडा नं. १० मा पाक्षिक सरसफाइ कार्यक्रम

0
178

भक्तपुर, मंसिर १५ । भक्तपुर नगरपालिकाको पाक्षिक सरसफाइ कार्यक्रमअन्तर्गत भक्तपुर महोत्सवलाई केन्द्रित गरी भएको सरसफाइ कार्यक्रम भनपा वडा नं. १० का स्थानीय टोलवासी, विभिन्न संघ संस्था, विद्यालय, सहकारीहरूको सहभागितामा महालक्ष्मी, थालाछें, नागपोखरी, बेखाल, दीपङ्कर महाविहार, क्वाठण्डौ लॉम्हुग हुँदै कमलविनायकमा पुगी समापन भयो ।


कार्यक्रममा भनपा १० नं वडाका वडाध्यक्ष लक्ष्मीप्रसाद ह्यौंमिखाले कला, संस्कृति र संस्कार सिक्ने सिकाउने अवसरको रूपमा भक्तपुर महोत्सव हुने बताउँदै मङ्सिर २८ गतेदेखि पुस २ गतेसम्मको भक्तपुर महोत्सव सफल पार्न आग्रह गर्नुभयो । उहाँले जनता र टोलवासीमाझ महोत्सव पुऱ्याउने उद्देश्यले सरसफाइ कार्यक्रम आयोजना गरेको बताउनुभयो ।
उहाँले वडा नं १० मा बाँसुरी प्रतियोगिता, नौका विहार, खाना महोत्सव, परम्परागत धागो रङ्गाउने, परम्परागत तेल मिल, नेवारी जीवन शैलीका विभिन्न कार्यक्रमहरू हुने बताउनुभयो ।
कार्यक्रममा वडा सचिव रामगोविन्द श्रेष्ठ र वडा निरीक्षक रामकृष्ण प्रजापतिले पनि महोत्सव र सरसफाइबारे बोल्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here