काठमाडौं, मंसिर १५ । । पेट्रोलियम पदार्थको मूल्य बढेको छ । नेपाल आयल निगमका अनुसार आज राति १२ बजेबाट लागू हुनेगरी प्रतिलिटर एक रुपैयाँले पेट्रोलको मूल्य बढेको हो ।
नेपाल आयल निगम लिमिटेडले इण्डियन आयल कर्पोरेशनवाट आज ३० नोभेम्बर २०२४ (मंसिर १५, २०८१) मा प्राप्त पेट्रोलियम पदार्थको नयाँ खरिद मूल्य अनुसार प्रति लिटर डिजेलमा रु.०।१८ ले घटेर तथा प्रति लिटर पेट्रोलमा रु.०।५८, मट्टितेलमा रु. १।७४, हवाई इन्धनमा रु. १।३५ र एल. पि. ग्यासमा प्रति सिलिण्डर रु. १४ । ४९ ले बढेर आएको जनाएको छ । निगम संचालक समितिको मिति २०८१/०८/१५ गतेको निर्णय बमोजिम ०१ डिसेम्बर, २०२४ (मिति २०८१/०८/१६) को बिहान ००:०१ बजेदेखि लागु हुनेगरी पेट्रोलको साविकको खुद्रा बिक्री मूल्यमा प्रति लिटर रु. १००, हवाई इन्धन आन्तरिकतर्फ प्रति लिटर रु. २०० र हवाई इन्धन अन्तर्राष्ट्रियतर्फ काठमाडौंकालागि प्रति किलो लिटर अमेरिकी डलर १५ का दरले बढाईएको छ भने पोखरा र भैरहवाकालागि Break Even Point मा बिक्री मूल्य कायम गरिएको छ ।
साथै, आम उपभोक्ताको हितलाई मध्यनजर गरी एल. पि. ग्यासको मूल्य बढेर आएतापनि हाललाई यथावत् राखिएको छ ।
पेट्रोलको मूल्य फेरि बढ्यो
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1


















