भक्तपुर महोत्सव प्रचारार्थ दुई दिने फोटोग्राफी तालिम सम्पन्न

0
335

भक्तपुर, मंसिर १५ । यही मंसिर २८ गतेदेखि पुष २ गतेसम्म संचालन हुने पाँच दिने भक्तपुर महोत्सव २०८१ को प्रचारार्थ फोटोग्राफी समाज नेपाल भक्तपुरको आयोजनामा Faces of Bhaktapur विषयमा दुई दिने फोटोग्राफी तालिम सम्पन्न शनिवार सम्पन्न भयो ।

उक्त तालिमका प्रशिक्षक वरिष्ठ फोटोग्राफर दीपेन्द्र बज्राचार्यले भक्तपुर महोत्सवमा प्रदर्शन हुने फोटो वा तस्विरको विचारलाई समय र मितिको सामान्य प्रस्तुतिबाट प्रभावकारी बनाउने बताउँदै कुनैपनि निजी क्षेत्र र सम्पतिको फोटो खिच्दा सर्वप्रथम स्वीकृति लिन कन्जुस्याई गर्न नहुने बताउनुभयो ।

उहाँले भक्तपुर महोत्सवबाट भक्तपुरलाई राष्ट्रिय र अन्तराष्ट्रिय रुपमा चिनाउन भक्तपुको मौलिक आर्किटेक तथा मौलिक दैनिक जीवन प्रस्तुत गर्दा फोटो वा तस्विरको कथा र अवधारणा प्रष्ट हुनुपर्ने बताउँदै निकट भविष्यमा भक्तपुर विशेष राष्ट्रव्यापी फोटोग्राफी प्रतियोगिता संचालन गर्न आयोजक संस्थालाई सुझाव दिनुभयो ।

आयोजक संस्थाका सदस्य लक्ष्मीप्रसाद चवालले भक्तपुर महोत्सवलाई सभ्य र भव्य बनाउन सहयोगी भूमिका स्वरुप फोटोग्राफी तालिम संचालन गरेको बताउँदै क्वाठण्डौ टोलमा राष्ट्रव्यापी बाँसुरी प्रतियोगिता,Faces of Bhaktapur विशेष फोटो र क्यानभास समेत प्रदर्शनी हुने बताउनुभयो ।

प्रशिक्षणको दोश्रो दिन प्रशिक्षार्थीहरुले भक्तपुरको कमलबिनायक मन्दिर परिसर, क्वाठण्डौं, गछेँ, दत्तात्रय, सूर्यमढी तथा वाकुपति नारायण मन्दिर परिसरमा खिचिएका फोटाहरुको प्रभावकारिता बारे प्रशिक्षार्थीहरुलाई आवश्यक सल्लाहसुझाव पनि दिइयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here