देशको चिन्ता कसैलाई छ ?
कर्मचारीले तलब खान पाएकै छ
पेन्सनवालको पेन्सन आएकै छ
नेतागण भ्रष्टाचारमा रमाएकै छ
कार्यकर्ताले प्रशंसा गाएकै छ ।
व्यापारीले नाफा कमाएकै छ
भाटभटेनी दानवीर कहलाएकै छ
युवाले विदेशबाट रेमिट्यान्स पठाएकै छ
वृद्धवृद्धाको मासिक भत्ता आएकै छ ।
जनताले मजासँग किनेर खान पाएकै छ
सस्तैमा राेजीराेजी लाउन पनि पाएकै छ
यस्तो भएपछि अब तपाईँ नै भन्नोस्-
देशको चिन्ता यहाँ काेही कसैलाई छ ?
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1


















