भक्तपुर, कार्तिक ४ । नेपाल सरकार राष्ट्रिय परीक्षा बोर्ड सानोठिमी, भक्तपुरले कक्षा १२ को मौका (पूरक) परीक्षाको परीक्षाफल प्रकाशन गरेको छ ।
राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय, सानोठिमी, भक्तपुरद्वारा २०८१ साल भदौ २५ र २६ गते सञ्चालन भएको कक्षा १२ को ग्रेडवृद्धि (पूरक) परीक्षार्थीहरूको परीक्षाफल राष्ट्रिय परीक्षा बोर्डको मिति २०८१/०७/०४ गतेको निर्णयानुसार प्रकाशित गरिएको हो ।
प्रकाशित परीक्षाफल अनुसार कूल परीक्षार्थी परीक्षार्थी संख्या १,२२,१७१ रहेकोमा सबै विषयमा ग्रेड प्राप्त गर्ने परीक्षार्थीको संख्या ८६,२४६ रहेको छ । अर्थात ७०.६० प्रतिशतले जुन ग्रेड प्राप्त गरेका छन् ।
परिक्षामा २ जना परीक्षार्थी संख्या परीक्षाफल रद्द गरिएको छ भने ३ जनाको परीक्षाफल स्थगित गरिएको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1


















