हे फासीवादी इजरायल !
हे साम्राज्यवादी अमेरिका !
गाजापट्टिमा नरसंहार मच्चाउन नखोज
आफ्नो मातृभूमि रक्षार्थ
प्यालेस्टिनी जनता सयौं वर्षदेखि लड्दैछन्
हे फासीवादी इजरायल !
हे साम्राज्यवादी अमेरिका !
आफनो सार्वभौमिकताको निम्ति
जस्तोसुकै मूल्य चुकाउन तयार छन्
प्यालेस्टिनी जनता
आफ्नो बसोबास गर्ने अधिकार
खोस्न दिने छैनन् ।
हे फासीवादी इजरायल !
हे साम्राज्यवादी अमेरिका !
अत्याधनिक हतियार र सैन्य शक्तिले मात्र
न्यायको मागलाई दबाउन सक्दैन
गाजापट्टीमा नरसंहार मच्चाउँदैमा
तिम्रो विजय हुँदैन ।
बुद्ध लामा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
2
+1
+1


















