सल्लाघारीको१०८रोपनी जग्गा ख्वप विश्वविद्यालय खोल्न भक्तपुर नगरपालिकालाई दिनुपर्नेःबिजुक्छें (का.रोहित)

0
220

भक्तपुर, असाेज ३ ।

छोरी बुहारी समूह भनपा १० को आयोजनामा निरंकुश पञ्चायती सरकारले २०४५ सालमा रचेको भक्तपुर काण्डको स्मरण तथा भत्सर्ना कार्यक्रम नेपाल मजदुर किसान पार्टीका केन्द्रीय अध्यक्ष का.नारायणमान बिजुक्छे(रोहित)को प्रमुख आतिथ्यतामा एक समारोह बीच विहिबार सम्पन्न भयो ।
कार्यक्रममा प्रमुख अतिथि का.रोहितले इजरायलले प्यालेष्टाइनमा गरेको बालबालिका र महिलाहरुको नरसंहार जातिय फासिवाद भएको बताउँदै उपत्यका आक्रमण गर्दा पृथ्वी नारायण शाहले नेवारहरुको नरसंहार गर्दा धेरै नेवारहरु सिक्किम, भुटानसम्म भागेर बसेकाहरु भएको बताउनुभयो ।
उहाँले उपत्यका भित्रका जनतालाई एक आपसमा झगडा लगाई शासक दलहरुले फुट गर राज गर नीति अपनाई रहेको बताउनुहुदैं फाष्टट्रयाक र सुख्खा बन्दरगाहले हतियार समेत आउने भएकोले व्यारेक बस्ती भन्दा २० किलोमिटर टाढा राख्नुपर्ने र आवास योजनामा ठूलो ठूलो ट्रिपर संचालन गर्न दिन नहुने भन्नुभयो ।
साथै उहाँले भक्तपुरको १०८ रोपनी जग्गा सस्तोमा भक्तपुरका जनताको अधिग्रहण गरेकोले जनताको निम्ति विश्वविद्यालय खोल्न भक्तपुर नगरपालिकालाई दिनुपर्ने बताउँदै संयुक्त राष्ट्रसंघमा दर्ता भएको नेपाल भाषा(नेवारी भाषा) मातृभाषाबाट शिक्षा नपाउँदा जनजातिहरु पछाडि परेको बताउनुभयो ।
कार्यक्रममा नेमकिपा केन्द्रीय सदस्य नारायण मर्हजनले सांस्कृतिक सम्पदा मासिने गरी ललितपुरको खोकनामा एैतिहासिक सिकाली जात्रा र त्यो संग जोडिएको सिकाली मन्दिर र तौदह समेत नष्ट हुने फाष्टट्राक सुख्खा बन्दरगाहलगायत १२ वटा योजना उक्त क्षेत्रमा ल्याएर त्यहाँका जनताहरुलाई विस्थापित गर्न खोजेको बताउनुभयो । उहाँले भारतीय विस्तारवादले सीमा अतिक्रमण गरिरहेकोले फाष्टट्राकले नेपाललाई सिक्किम बनाउने योजना भएकोले यसको विरोध गर्नुपर्ने बताउनुभयो । उहाँले कम्युनिष्ट विचार अनुसार जनताको हितमा काम गरेकोले भक्तपुरको घट्नाले देश भरिका नेमकिपाका नेता कार्यकर्ताहरुको धरपक्कडले राज्यस्तरबाट रचेको षडयन्त्र प्रमाणित भएको बताउनुभयो ।
कार्यक्रममा प्रदेश सांसद सृजना सैंजुले भक्तपुर काण्डमा राज्यले दिएको दुःखमा आफन्तले सत्रुको व्यवहार समेत भएको भुक्तभागी कार्यकर्ताहरुले सुनाएको बताउँदै संगठनको निर्देशनमा देवता स्थान जाँदा पर्चा छर्ने, प्रौढ कक्षमा शिक्षा, राजनीति र नेतृत्वको विकास भएको बताउनुभयो । उहाँले महिलाहरुले भक्तपुर काण्डलाई संघर्ष रुपमा स्मरण गर्नुपर्ने बताउँदै महिला शिक्षा, स्वास्थ्य, आर्थिक रुपमा अगाडि बढेको बताउनुभयो । उहाँले चेतना, शिक्षा र सीप महिला उत्थानमा महत्वपूणर् रहेको बताउँदै चीनले चेतना, सांस्कृति, सभ्यता र आविष्कारमा काम गरेकोले ५ बर्ष भित्र अमेरिकालाई उछिने संभावना रहेको बताउनुभयो । उहाँले विदेशीने समस्या समाधानको लागि विदेशमा सिकेको सीपले स्वदेशमा सेवा गर्ने र आदर निकेटनहरुको बन्दोबस्त गर्ने तर्फ ध्यान दिनुपर्ने बताउनुभयो ।
कार्यक्रम छोरी बुहारी समुहका तारादेवी शाक्यको सभापतित्वमा भएको कार्यक्रममा राजवीर डंगोल, नरेश महर्जन, लक्ष्मी प्रसाद ह्यौमिखा, लक्ष्मी प्रसाद चवालले पनि बोल्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here