भक्तपुर, असार १०। भक्तपुर नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि रु. २ अर्ब ६६ करोड ४३ लाख बराबरको आय तथा व्ययसहितको बजेट प्रस्तुत गरेको छ ।
नगर प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा सुरु भएको नगरपालिकाको १६औँ अधिवेशनमा उपप्रमुख रजनी जोशीले आगामी आर्थिक वर्षका लागि बजेट प्रस्तुत गरेका हुन् ।
भक्तपुर नगरपालिकाको आन्तरिक स्रोत, नेपाल सरकार र बागमती प्रदेश सरकारबाट विभिन्न शीर्षकमा प्राप्त हुने अनुदान रकम साथै ऋण सापटीसमेत गरी आ.व. २०८१।८२ को लागि रु. २ अर्ब ६६ करोड ४३ लाखको बजेट प्रस्तुत गर्नु भएको हो ।
विनियोजित बजेटको चालू खर्चतर्फ १ अर्ब ५७ करोड ३ लाख १० हजार रुपैया अर्थात् ५८.९३ प्रतिशत र पु“जीगत खर्चतर्फ ९९ करोड ४० लाख रुपैया अर्थात् ३७.३० प्रतिशत र वित्तीय व्यवस्थातर्फ १० करोड ५० लाख अर्थात् ३.७५ प्रतिशत विनियोजन गरेको छ ।
नगरसभाको सोही बैठकमा उपप्रमुख जोशीले “भक्तपुर नगरपालिकाको आर्थिक विधेयक २०८१”, “भक्तपुर नगरपालिकाको विनियोजन विधेयक, २०८१” सभासमक्ष प्रस्तुत गर्नुभएको थियो । सभाले उक्त दुबै विधेयकहरु छलफलको लागि सर्वसम्मतिले स्वीकृत गरेको छ ।
नगरसभाको अर्को बैठक असार १२ गते दिनको १ बजे बस्नेछ ।
भक्तपुर नगरपालिकाको बजेट २ अर्ब ६६ करोड ४३ लाख
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1


















