भनपाको आ.व. २०८१।८२ को नीति तथा कार्यक्रम सर्वसम्मतिबाट पारित, असार १० गते बजेट प्रस्तुत हुने

0
406


भक्तपुर, असार ९ ।
भक्तपुर नगरपालिकाको आ.व. २०८१।८२ को नीति तथा कार्यक्रम सर्वसम्मतिले पारित ग¥यो । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा आइतबार बसेको सोह्रौं नगरसभाको बैठकबाट आगामी आर्षिक वर्षको नीति तथा कार्यक्रम पारित भएको हो ।


सभामा नगर प्रमुख प्रजापतिले नीति तथा कार्यक्रममाथि छलफलमा उठेका जिज्ञासामाथि प्रष्ट पार्दै सभाबाट आएका सुझावहरु सकारात्मक रहेको बताउँदै नीति तथा कार्यक्रम प्रभावकारी ढंगले कार्यान्वयन गर्ने पक्षमा नगरपालिकाले विशेष जोड दिने बताउनुभयो ।
भक्तपुर नगरपालिकाको नीति तथा कार्यक्रममाथि भएको छलफलमा १३ जना सभासद्हरूले आ–आफ्नो धारणा राख्नुभयो । प्रस्तुत नीति तथा कार्यक्रममाथि सभासद्हरु मन्जुमैंया लाखा, इन्द्रबहादुर प्याथ, तारादेवी शाक्य, हरिरत्न गोर्खाली, श्यामसुन्दर मातां, सिद्धिराम अवाल, नारायणप्रसाद त्वानाबासु, पुरुषोत्तम तमखू, कृष्णगोपाल चौगुठी, कृष्णनारायण दुमरु, सूर्यप्रसाद श्रेष्ठ, हेरा ख्याजु र गोविन्द दुवालले भक्तपुर नपाबाट सञ्चालित जनज्योति पुस्तकालयलाई भक्तपुरको केन्द्रीय पुस्तकालयको रुपमा विकास गर्न सकिने, नगरभित्र अवस्थित मठहरुको अभिलेख राखी भग्नावेश अवस्थामा रहेका मठहरुको पुनःनिर्माण गरी जनताको हितमा उपयोग गर्नुपर्ने, नगरकोटको मुहान पोखरीलाई जलाधार क्षेत्र घोषणा गर्नुपर्ने, सांस्कृतिक र पुरातात्विक महत्व बोकेको स्थलहरुको अध्ययन र अनुसन्धानको व्यवस्था गर्नुपर्ने, सहिद स्मृति खेलमैदान निर्माणमा विशेष पहल आवश्यक भएको, स्वयम्सेवक वा करार शिक्षकहरुको व्यवस्था गर्ने नीति लिनुपर्ने, स्थानीय बिउको संरक्षण गर्ने नीति अँगाल्नुपर्ने, नक्सा पासबारे नागरिक बडापत्रको व्यवस्था हुनुपर्ने, परम्परागत दाफा भजन प्रतियोगिता गर्नुपर्ने, नगरकोट सडकको दायाँ बायाँ र कमलविनायक प्लानिङको पेटीमा ब्लक छपाइ कार्य र वृक्षारोपण गरी हरियाली गर्नुपर्ने, हनुमन्त्ते खोला करिडोर निर्माण गर्नुपर्नेलगायतका धारणा राख्नुभयो ।
नगरसभाको अर्को बैठक २०८१ असार १० गते सोमबार दिनको १ बजे बस्नेगरी स्थगित भयो भने उक्त बैठकमा भक्तपुर नगरपालिकाको आ.व. २०८१।८२ को बजेट प्रस्तुत गरिने कार्यक्रम रहेको जानकारी गराउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
1

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here