Saturday, May 24, 2025

विज्ञापनको लागि सम्पर्क : bhaktapurdaily@gmail.com

Home कला र स‌स्कृति सल्लाघारीस्थित धाँलाखुसी फल्चा उद्घाटन सम्पन्न

सल्लाघारीस्थित धाँलाखुसी फल्चा उद्घाटन सम्पन्न

भक्तपुर , असार ८ ।
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भनपा १ वडा कार्यालयको आयोजनामा भनपा–१ सल्लाघारीस्थित पुननिर्माण सम्पन्न धाँलाखुसी फल्चाको उद्घाटन गर्नुभयो ।
उद्घाटन कार्यक्रममा बोल्नुहुँदै प्रमुख प्रजापतिले पुरानो शैलीका ध्वाका, मन्दिर, पाटी पौवा संरक्षणले नगरको पर्यटन विकासमा टेवा पुग्ने बताउनुहुँदै भक्तपुर नगरपालिकाले सम्पदा संरक्षणलाई प्राथमिकतामा राख्दै पुराना सम्पदाहरु पुनःनिर्माण गर्दै आइरहेको जानकारी दिनुभयो ।


उहाँले भक्तपुर नपामा जनप्रतिनिधिहरुले निर्वाचन घोषणापत्रमा उल्लेख भए अनुसारका कार्यहरु गएको २ वर्षमा अधिकांश पूरा गरिसकेको चर्चा गर्नुहुँदै प्राविधिक कारणले ख्वप विश्वविद्यालय स्थापना लगायतका केही कार्य शुरु हुन नसकेको बताउनुभयो ।
भक्तपुर नगरमा वाह्य पर्यटकसँगसँगै आन्तरिक पर्यटनमा वृद्धि भइरहेको जानकारी दिनुहुँदै नगरलाई पर्यटनको लागि आकर्षक केन्द्र बनाई पर्यटनलाई आर्थिक श्रोतको रुपमा परिवर्तन गर्ने सोचले अगाडि बढिरहेको बताउनुभयो ।
कार्यक्रममा भनपा–१ का वडाध्यक्ष श्यामकृष्ण खत्रीले वडामा भईरहेको विभिन्न सम्पदा संरक्षण तथा विकास निर्माण कार्यहरुको चर्चा गर्नुहुँदै वडाबासीहरुको सुविधाको लागि पुरानो बस्तीका करिब सबै गल्लीहरुमा ढु·ा छपाई गर्ने कार्य सम्पन्न भइसकेको जानकारी दिनुभयो ।
कार्यक्रममा समाजसेवी कृष्ण बहादुर दुगुजुले भक्तपुर नगर प्रवेश गर्ने ठाउँमा रहेको हनुमन्ते खोला प्रदुषित भएको हुँदा खोला सुधार गरी हनुमन्त खोला करिडोर व्यवस्थापन गर्नुपर्नेमा जोड दिनुभयो । त्यसैगरी कार्यक्रममा भनपा १ का वडा सदस्य सूर्यप्रसाद श्रेष्ठ र महिला वडासदस्य कल्पना शिल्पकारले पनि बोल्नुभएको थियो भने उपभोक्ता समितिका कोषाध्यक्ष रमेश कोजूले पाटी निर्माणको आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
निर्माण सम्पन्न धाँलाखुसी पाटीको लागत ईष्टिमेट २५ लाख रहेकोमा कूल १५ लाख ९९ हजार ८ सयमा निर्माण सम्पन्न भएको उपभोक्ता समितिका कोषाध्यक्ष कोजूले बताउनुभयो ।
फल्चा उद्घाटन पश्चात प्रमुख अतिथि, अतिथिहरु, जनप्रतिनिधिहरु, कर्मचारीहरु र स्थानीयबासीहरुले सो क्षेत्र वरिपरी वृक्षारोपण समेत गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
RELATED ARTICLES
- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments