भक्तपुरमा दुर्घटना हुँदा एक जनाकाे मृत्यु

0
410

भक्तपुर, असार ८ । भक्तपुर जिल्ला भक्तपुर नगरपालिका वडा नं. १ घलातेमा भएको दुर्घटनामा परी एक युवकको मृत्यु भएको छ । सल्लाघारीबाट सूर्यविनायकतर्फ आँउदै गरेको बाग्मती १३ च. २२६५ नं. को सुमोले बाग्लुंङ गल्कोट नगरपालिका वडा नं. १० बस्ने अन्दाजी वर्ष ३५ को मनबहादुर घर्तीलाई अचानक ठक्कर दिदा गम्भिर घाइते भएका उनको मृत्यु भएको हो । ठक्करपछि घाइते उनलाई तत्कलै उपचारको लागी भक्तपुर अस्पताल लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको हो । घटनास्थलमा प्रहरी वृत जगाती भक्तपुरबाट अनुसन्धान अधिकृत सहितको प्रहरी टोली खटिई गई प्रारम्भिक अनुसन्धान गरिएको छ । सवारी साधन  र चालक जिल्ला काभ्रे धुलिखेल नगरपालिका वडा नं.९ बस्ने वर्ष ५४ को मधुकर के.सी.लाई प्रहरी वृत्त जगातीको नियन्त्रणमा राखिएको छ । घटनाको सम्बन्धमा थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here