भक्तपुर नगरपालिकाद्वारा जुद्ध वारुण यन्त्र कार्यालयलाई बारुण यन्त्रमा जडान गर्ने सामाग्रीहरु हस्तानतरण

0
103


भक्तपुर, जेठ २८ ।
भक्तपुर नगरपालिकाले भनपा वडा नं. १ स्थित जुद्ध बारुण यन्त्र कार्यालय भक्तपुरलाई बारुण यन्त्रमा जडान गर्ने 1.5’’/4’’ Hose pipe (pipe/Roll/Pcs 30 miter) – 4 (चार) थान अग्नी नियन्त्रण सामाग्रीहरु हस्तान्तरण गरियो । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले सोमबार एक कार्यक्रम आयोजना गरी उक्त सामाग्रीहरु जुद्ध बारुण यन्त्र कार्यालय भक्तपुरका कार्यालय प्रमुख अनिल सुवेदीमार्फत हतान्तरण गर्नुभयो ।
कार्यक्रममा बोल्दै नगर प्रमुख प्रजापतिले विपदका विभिन्न घटनामध्ये आगलागी पनि गम्भीर र चुनौतीपूर्ण भएको हुँदा सम्भावित दुर्घटनालाई समयमै नियन्त्रणमा ल्याउन सके ठूलो क्षति हुनबाट जोगिने बताउनुभयो ।
उहाँले अग्नी नियन्त्रण सामाग्रीहरु हस्तान्तरणले विपद्का समयमा उद्धार कार्यलाई छिटो र प्रभावकारी बनाइ मानवीय एवम् भौतिक क्षति रोक्न मद्दत मिल्ने अपेक्षा रहेको बताउनुभयो ।
प्रमुख प्रशासकीय अधिकृत वसन्त भट्टराईले दमकलको सही व्यवस्थापन र उपयोग महत्वपूर्ण पक्ष भएको बताउँदै साधन भएर पनि यथोचित व्यवस्थापन र दृढ समर्पित जनशक्ति अभावले अकल्पनीय नियति भोग्नुपर्ने अवस्था सिर्जना हुनेतर्फ सचेत हुनुपर्ने बताउनुभयो ।
जुद्ध बारुण यन्त्र कार्यालय भक्तपुरका कार्यालय प्रमुख अनिल सुवेदीले दमकल आकस्मिक आगलागीका घटनामा प्रयोग गरिने संवेशनशील यन्त्र भएको बताउँदै घटनास्थलमा समयमै दमकल पुर्याउन सके ठूलो क्षति रोक्न सक्ने सम्भावना रहेको बताउनुभयो ।
उक्त कार्यक्रममा भक्तपुर नगरपालिका विपद् व्यवस्थापन समितिका पदाधिकारी र भक्तपुर नपाका शाखा प्रमुखहरुको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here