वातावरणीय चाडको रुपमा मनाइने सिथि नखः पर्व आज मनाइदै

0
642


भक्तपुर, जेठ ३० ।
आज जेष्ठ महिनाको शुक्लपक्ष षष्ठी तिथि । यस दिनलाई कुमार कार्तिकेयको जन्म भएको दिनको रुपमा मनाइन्छ । यो दिनलाई नै नेवारी समुदायहरुले विभिन्न देवी देवताको पूजाआजा गर्ने, देवाली मनाउने तथा सिथि नखः भनि विभिन्न परिकारहरु बनाई भोज खाई विशेष चाडको रुपमा मनाउने गर्छन् ।
नेवारहरूका वर्षभरिका चाडपर्वमध्ये रोपाइँ अघि मनाइने सबभन्दा पछिल्लो पर्व सिठीनखः हो । षष्ठीका दिन मनाइने भएकाले यस चाडको नाम षष्ठीको अपभ्रंश भई सिठी हुन गएको भने भनाइ यस दिनलाई महादेवको छोरो कुमार जन्मेको दिन भनी मानी आएका छन् ।
नेवार समाजमा गणेश र कुमारको महत्त्वपूर्ण स्थान छ । सिठी नखः मा घरैपिच्छै कुमारको पूजा गरिन्छ । कुनै काम गर्दा कुनै बिध्नबाधा नआओस भनेर गणेशको पूजा गरिन्छ भने काम सिद्ध वा पूरा होस् भनी घरको पिखालखीमा कुमारको पूजा गरिन्छ । यो छोरी र चेलीबेटीको पर्व हो । त्यसैले यस पर्वका दिन विवाहित छोरी, दिदी बहिनी, भान्जा भान्जीलाई नखात्या बोलाएर खुवाउने चलन छ । दिदी वहिनीहरूलाई घरमा चटामारी र व वनाएर खुवाउने चलन रहेको छ । यस दिन नेवारहरूको इनार सफा गर्ने चलन पनि छ । सिठी नखःको दिनमा विभिन्न मन्दिरहरूमा जाने चलन छ । पहिले पहिले विभिन्ने प्रकोप आएर मानिस धेरै मर्ने भएकाले प्रकोपलाई रोक्नको लागि मन्दिर मन्दिरमा गई पूजा गरेमा देवता खुसी हुन्छ र प्रकोपलाई भगवानले रोक्छ भने विश्वास गरिन्थ्यो । यस दिन भने बिहान चटामारी, व र तरकारी खाने चलन छ ।

Photo: Rajaram Napit

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here