पत्रकार महासंघ भक्तपुरद्वारा पत्रकार दुवाल सम्मानित

0
204

भक्तपुर ।
नेपाल पत्रकार महासंघ, भक्तपुर शाखाको शनिवार सम्पन्न ९औं अधिवेशन तथा साधारण सभाले राजधानी दैनिकका पूणर्भक्त दुवालसहित ४ जना पत्रकारलाई सम्मान गरिएको छ ।
कार्यक्रममा वरिष्ठ पत्रकार माथवरसिंह बस्नेतलाई ५ हजार नगद सहित वरिष्ठ पत्रकार सम्मान दिइएको थियो । यसंै गरी राजधानी दैनिकका पत्रकार तथा पत्रकारिता अध्यापक पूणर्भक्त दुवाललाई नगद रु १५ हजार रुपैयाँसहित स्व. भगवान राजकुमार महर्जन स्मृति पुरस्कार प्रदान गरिएको थियो ।
यसैंगरी ५—५ हजार नगदसहित चन्द्रकला क्षेत्री भगवतीलाई गृहस्थी महिला पत्रकारिता पुरस्कार र कृष्ण प्रसाद नेपाललाई स्व. मैयादेवी शिल्पकार स्मृति पुरस्कारबाट सम्मान गरिएको थियो ।
भक्तपुर क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य दुर्लभ थापाको प्रमुख आतिथ्यतामा भएको साधारणसभामा यथासिघ्र महाधिवेशन गरी पत्रकारहरुको साझा संगठनको छवि सुधार्नुपर्ने आवाज उठेको थियो ।
सदस्यता विवादका कारण शनिवार हुनुपर्ने महासंघको नयाँ नेतृत्व चयन अन्योलमा रहेको छ ।
ले बताएको छ । प्रेस युनियन, भक्तपुरले गरेको बहिष्कारका बीच पत्रकार महासंघ, भक्तपुर शाखाको ९औं अधिवेशन तथा साधारणसभाको शनिवार कार्यक्रममा प्रमुख अतिथि थापाले राजनीतिक दलभित्र कम्युनिष्ट नाम राखेर कमाउने काम गरिरहेका पार्टी विरुद्ध अन्तिम हदसम्म लड्ने बताए ।
उनले वास्तविक पत्रकारभन्दा यूट्युवेहरु सक्रिय भइरहेको अवस्थामा पत्रकारहरुले सत्य तथ्य समाचार सम्प्रेषण गरी प्रतिस्पर्धा गर्न जोड दिए । लोकतान्त्रिक गणतन्त्रमा कुनै अप्ठेरो आएमा पत्रकारितामार्फत नै सुल्झाउनुपर्ने बताउँदै उनले हरेक समाचारमा सन्तुलन कायम गर्नपर्ने औंल्याए ।
कार्यक्रममा वागमती प्रदेशसभा सदस्य देवेन्द्र श्रेष्ठले दैनिक रुपमा हजारौंको संख्यामा बैदेशिक रोजगारीमा गएका जनतालाई रोक्न सञ्चारमाध्यमहरुले पत्रकारिताको धर्म निर्वाह गर्नपर्ने आवश्यकतामा जोड दिए ।
पत्रकार महासंघका पूर्व अध्यक्ष एवम् राष्ट्रिय समाचार समितिका अध्यक्ष धर्मेन्द्र झाले पत्रकार महासंघ समस्याबाट नभाग्ने बताउँदै जस्तोसुकै समस्याको समाधानका लागि अघि बढ्ने बताए । देशभरका १३ हजारबाट ७/८ हजारको संख्यामा पत्रकारहरुको शुद्धीकरण गर्न पनि ठूलो काम भएको उनको भनाइ छ ।
कार्यक्रममा मध्यपुर थिमी नगरपालिकाका प्रमुख सुरेन्द्र था श्रेष्ठ, भक्तपुर उद्योग वाणिज्य संघका महासचिव नवीन प्रजापति, प्रेस काउन्सिल नेपालका पूर्व अध्यक्ष माथवरसिंह बस्नेत, पत्रकार महासंघका केन्द्रीय प्रतिनिधि वविन शर्मा, ज्ञानप्रसाद पौडेल, ललिता शाह, उपत्यका प्रदेशका अध्यक्ष सुजन झा, काठमाडौं शाखा अध्यक्ष सूर्य सुवेदी, ललितपुर शाखा अध्यक्ष सागर न्यौपानेलगायत विभिन्न संघ संस्थाका प्रतिनिधिले अधिवेशन र साधारणसभाको सफलताको शुभकामना दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here