वातावरण दिवसमा वृक्षरोपण कार्यक्रम तथा सरसफाइ कार्यक्रम

0
409


भक्तपुर, जेठ २३ ।
विश्व वातावरण दिवस जुन ५ को अवसरमा वडा न ५ स्थित पपर डम्फो र तरकारी बजार परिसरमा वृक्षरोपण कार्यक्रम तथा सरसफाइ कार्यक्रम सम्पन्न भयो ।


कार्यक्रममा प्रमुख अतिथि भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले वातावरण दिवसको शुभकामना दिनुहुदै वातावरण दिवस औपचारिकतामा सिमित गर्न नहुने बताउनुभयो । यसमा संघ संस्था, विद्यालय, सहकारीले पनि हातेमालो गर्नुपर्ने बताउनुभयो भने देशको राजनैतिक वातावरण पनि स्वच्छ बनाउनुपर्ने र जनताको चेतनास्तर पनि बढाउनुपर्ने बताउनुभयो ।

कार्यक्रममा बिशेष अतिथि उप प्रमुख रजनी जोशीले भक्तपुर नगर सफा नगरको रुपमा रहेको पहिचान भएकोले निरन्तरता दिनुपर्ने बताउनुहुदै आफ्नो ठाउँ आफै सफा गर्नुपर्ने बताउनुभयो । उहाँले सभ्य नागरिकको परिचय दिनुपर्ने र कुहिने फोहोर र कुहिने फोहोर छुट्याउनुपर्ने कुरामा जोड दिनुभयो ।


वातावरण समितिका संयोजक रविन्द्र ज्याख्वको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रममा उहाँले वातावरण सफा र स्वच्छ बनाउने उद्देश्यले यस्ता काम निरन्तर गर्नुपर्ने र वरपरका ठाउँहरुमा उपयुक्त खालको बोटबिरुवा रोप्नुपर्ने बताउनुभयो । डेङ्गुको संक्रमण हुन सक्ने तर्फ सचेत रहन समेत उहाँले आग्रह गर्नुभयो ।


सोही कार्यक्रममा भनपा वडा न ५ का वडा अध्यक्ष योगेन्द्रमान बिजुक्छेले भनपाका लागि हरेक वर्ष वातावरण दिवस रहेको चर्चा गर्नुहुदै नपाले वातावरण समिति मार्फत भक्तपुरको हरियाली प्रवर्द्धन गर्दै आइरहेको बताउनुभयो ।


उक्त कार्यक्रममा भनपा ५ का वडा सदस्य नारायणप्रसाद त्वानाबासुले पनि बोल्नु भएको थियो ।

फोटो संग्रह :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here