बुद्ध लामा र ठुली माया गोलेको पहिलो प्रस्तुती काँकाबारी नाम्सा थेन बोलको गीत सार्वजनिक

0
709

भक्तपुर, जेठ २२ । तामाङ ईतिहासकै पहलो पटक भक्तपुर , काँक्राबारीको बुद्ध लामा र मकवानपुर गैरी गाउँका ठुली माया गोलेको पहिलो सांगितिक प्रस्तुती युट्युब च्यानलमा सार्वजनिक भएको छ ।

यस गीतले आफ्नो गाउँ ठाउँको परिचाय सँगै माया र पिरातीको भावना प्रस्ट्याएको छ। एउटा गाउले केटा र गाउले केटी काठमण्डौ शहर घुम्न जदा संयोगले भेटघट भएको हुन्छ र स्वयम्बु , बौद्ध लगयत ठाउँहरुमा माया पिराती कुरा गर्दै सँगै हिडेको यस गीतमा प्रस्तुत गरिएको छ।

यस गीत मार्फत भक्तपुरमा पनि तामाङहरु रहेछ भन्ने एउटा भिन्नै सन्देश दिएको छ। मरे पनि सँगै चिह्न होस् र बाँचे पनि एकै ठाउँ बस्न पाउ र कहिल्यै नमर्ने अम्मर माया रहोस् भन्ने भावना गीतमा ब्यक्त गरिएको छ।

उक्त गीतमा संगीत धिरज गोलेको रहेको छ भने उत्पादन मन्जुश्री मेडियाले गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
8
+1
6
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here