भक्तपुरमा आज टी-२० विश्वकप क्रिकेट निःशुल्क प्रत्यक्ष प्रदर्शन हुने

0
1590

भक्तपुर– आइसिसी पुरुष टी–ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत नेपाल र नेदरल्याण्ड्सबीचको खेल निःशुल्क प्रत्यक्ष प्रदर्शन गरिने भएको छ । 

ईनाचो पासा क्रिकेट क्लब, वडा नं. ७ ख्वप क्रिकेट टीम, वडा नं. ५ रोबोष्ट क्रिकेट क्लब, वडा नं. १० को सहकार्यमा ईनाचो, भक्तपुर – ७ मा उक्त खेल हेर्न प्रत्यक्ष प्रदर्शनको तयारी गरेको हो ।

क्रिकेट खेल प्रेमी महानुभावहरुलाई उपस्थित भई नेपाली टिमलाई हौसला प्रदान गर्न टी–ट्वान्टी विश्वकप क्रिकेटको निःशुल्क प्रत्यक्ष प्रदर्शन गर्न लागेको जानकारी दिनुभयो । यसका लागि ती ठाउँमा आवश्यक तयारी थालिसकेको छ । 

स्थानीय समय अनुसार राती ९ बजेबाट उक्त खेलकाे प्रत्यक्ष प्रदर्शन गरिने जानकारी दिइएकाे छ ।

LIVE हुने अन्य स्थानहरु

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
3
+1
0
+1
0
+1
0
+1
1

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here