आदर्श आजादमा गणित बिषय सम्बन्धि कार्यशाला गोष्ठी ।

0
466

भक्तपुर, जेठ १ । गणित केन्द्रीय विभाग त्रिभुवन विश्वविद्यालय कीर्तिपुरको आयोजना तथा आदर्श आजाद माबि भिमसेनस्थान भक्तपुरको सह आयोजनामा आज “विद्यालय तहमा गणित बिषयको शिक्षण, पाठ्यक्रम तथा अध्यापनको वर्तमान अवस्था” बिषयक कार्यशाला गोष्ठी सम्पन्न भयो ।

कार्यक्रमको गोष्ठीको पहिलो सत्रको उदघाटन गर्दै गणित केन्द्रीय विभाग त्रिवि कीर्तिपुरका प्रमुख प्रा. डा.चेतराज भट्टले गणित बिषयप्रति नेपाली समाजको धारणामा सकारात्मक परिवर्तन गराउनुपर्ने कुरा औंल्याउनुभयो । गणित बिषय अध्यापन, शिक्षण सिकाइ क्रियाकलापहरुमा आउने र आएका समस्या समाधान गर्न विभागले कार्यक्रम नै संचालनमा ल्याएको कुरा बताउनुभयो ।

कार्यक्रममा विभागका सह प्राध्यापक डा.श्रीराम खड्काले गणित बिषय सिकाइमा शिक्षक, विद्यार्थी र अभिभावक को अहम भूमिका हुने भएकोले गणित लाई जनजीवनमा व्यवहारिक रुपमै प्रयोगमा ल्याउनुपर्ने कुरामा जोड दिए ।

विद्यालयका प्र.अ.तथा कार्यक्रमका सभापति श्रीकृष्ण किसीले विद्यालय तहबाट नै गणित बिषयप्रति रुचि जगाइ गणित बिषयका जनशक्ति उत्पादन गर्ने उद्देश्यले कार्यशाला गोष्ठी आयोजना गरेको बताउदै गणितमा दखल भएको नागरिकहरु धेरै भएको देशले बिज्ञान तथा प्रविधिमा छिटो बिकास गरेको तथ्य बताउनुभयो ।

सो कार्यशाला गोष्ठीमा स्वागत मन्तव्य दिदैं विद्यालयका सहायक प्र.अ.चक्रबहादुर चाकतुले गणित बिषय सम्बन्धि समस्याहरु समाधानमा गणित केन्द्रीय विभागबाट सहकार्य तथा सहयोग हुने अपेक्षा गर्नुभयो । गणित तथा बिज्ञान अध्यापनरत शिक्षक तथा विद्यार्थीहरु सहभागी सो गोष्ठीमा कार्यक्रम संयोजक डा.विष्णुहरि सुवेदी प्रा.डा.प्रकाश मुनि बज्राचार्य, डा. पवन श्रेष्ठ र शिक्षक राकेश सुकुपायोले समेत आ आफ्नो धारणा राख्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here