Thursday, January 16, 2025

विज्ञापनको लागि सम्पर्क : bhaktapurdaily@gmail.com

Home भक्तपुर नगरपालिका अरनिको राजमार्गअन्तर्गतको आदर्श चोक कायम गर्ने विषयमा छलफल

अरनिको राजमार्गअन्तर्गतको आदर्श चोक कायम गर्ने विषयमा छलफल


वैशाख ३१, भक्तपुर । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा सूर्यविनायक–धुलिखेल, धुलिखेल–सिन्धुली–बर्दिबास सडक आयोजनाअन्तर्गत अरनिको राजमार्गमा पर्ने आदर्श चोक कायम गर्ने विषयमा भक्तपुर नगरपालिकाका जनप्रतिनिधिहरु, आयोजनाका प्रमुख तथा प्राविधिकहरु र स्थानीय सरोकारवालाहरुबीच सोमबार छलफल भयो ।


छलफलको क्रममा आदर्श चोक निर्माणको सम्भाव्यता अध्ययन गर्न भक्तपुर नगरपालिका वडा नं. ५ का वडाध्यक्ष योगेन्द्रमान बिजुक्छेँको संयोजकत्वमा ९ सदस्यीय कार्यदल गठन गर्ने निर्णय गरी उक्त कार्य दललाई आजको मितिबाट १५ दिनभित्र आदर्श चोकलगायत निर्माणबारे सम्भाव्यता अध्ययन प्रतिवेदन भक्तपुर नगरपालिकाका प्रमुखसमक्ष पेश गर्ने निर्णय गर्यो ।
सडक निर्माण गर्ने क्रममा स्थानीय जनतालाई आवतजावतमा बाधा पुग्न सक्ने सम्भावनालाई ध्यान दिएर स्थानीय जनताले आदर्शमा चौबाटो कायम गर्ने माग गर्दै आएका थिए । दैनिक हजारौं विद्यार्थीहरु, स्थानीय जनता आवतजावत हुने उक्त सडकमा अग्ला अग्ला पर्खाल बनाइ दिँदा जनतालाई निकै दुःख हुने भएकोले उचित विकल्प दिनुपर्ने माग गर्दै काममा अवरोध गर्दै आएका थिए ।
केही दिन अघि स्थानीय जनता एक प्रतिनिधिमण्डलले नगर प्रमुख प्रजापतिलाई भेटेर समस्या समाधान गर्न ध्यानाकर्षण गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
RELATED ARTICLES
- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments