भक्तपुर, बैशाख २६ । देशैभर संचालनमा रहेका सहकारीमा कमजोर व्यवस्थापन तथा समितिमा रहेका पदाधिकारीहरुले सदस्यको बचत अपचलन गर्ने प्रवृतिले सहकारीमा दिनानुदिन समस्या बढिरहेको छ । कतिपय बचतकर्ता जिल्ला प्रशासन कार्यालयमा उजुरी गर्न जान्छन् त कतिपय स्थानीय निकायमा । यस्तो समस्या अहिले प्रदेशभर रहेको छ भने सङ्घीय सरकार मातहतका २० सहकारीमा पनि यस्तो समस्या देखिएको छ ।
सङ्घीय सरकारको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले २० वटा सहकारीलाई समस्याग्रस्त घोषणा गरेर सञ्चालकको सम्पत्ति रोक्का गरी बचतकर्ताको रकम फिर्ता गर्न कारबाही प्रक्रिया अघि बढाएको छ ।
सातै प्रदेशमा सहकारीको स्थिति झन लथालिङ्ग देखिएको बेला यता बागमती प्रदेशको अवस्था पनि त्यस्तै रहेको छ ।
बागमती प्रदेशको संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालयका अनुसार प्रदेशभित्रका ४४ वटा सहकारी समस्याग्रस्त रहेको तथ्यांक सार्वजनिक गरेको छ । जस अनुसार सबैभन्दा बढी ३२ वटा सहकारी काठमाडौँका, ललितपुरका आठ, भक्तपुरका २ र काभ्रेका २ वटा सहकारी ठगी र आर्थिक अनियमिततामा संलग्न रहेकोले समस्याग्रस्त घोषणा गरिएको छ ।
बागमती प्रदेशमा बचत तथा ऋण सहकारी संस्था १५२४, बहुउद्देश्यीय ११४३, कृषि सहकारी २५६, दुग्ध ५०, अन्य २२१ तथा जिल्ला सहकारी सङ्घ १३ वटा रहेको छ ।
समस्याग्रस्त सहकारी संस्थाहरुको नामावली

source : प्रदेशका सहकारी रजिस्ट्रार कार्यालय


















