भक्तपुर नगर क्षेत्रका सांस्कृतिक सम्पदा र पर्यटनसम्बन्धी कार्यशाला समापन

0
363


भक्तपुर, वैशाख २५। भक्तपुर नगरपालिकाको आयोजना र नेपाली इतिहास, संस्कृति तथा पुरातत्व केन्द्रीय विभाग त्रिभुवन विश्वविद्यालयको सहकार्यमा भक्तपुरको कला, संस्कृति, इतिहाससम्बन्धी १ दिने अनुसन्धनात्मक कार्यशाला गोष्ठी सम्पन्न भयो ।
कार्यक्रमको सभापन तथा पुरस्कार वितरणमा बोल्दै भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले संस्कृति, इतिहाससम्बन्धी भएको कार्यशालामा प्रस्तुत कार्यपत्रलाई परिमार्जित रुपमा प्रकाशन गर्ने तर्फ नपाको ध्यानाकर्षण भएको बताउँदै यी कार्यपत्रहरु भक्तपुरको सम्पदा संरक्षणको लागि सम्पत्तिको रुपमा ग्रहण गरेको बताउनुभयो ।
उहाँले सम्पदा संरक्षणमा भक्तपुर नपाले विदेशी सहयोग सहयोग अस्वीकार गर्नुका कारणबारे प्रष्ट पार्दै ख्वप इ. कलेजको प्राविधिक सहयोग र जनताको साथसहयोगबाट भक्तपुरका सम्पदा पुनःनिर्माण अगाडि बढिरहेको धारणा राख्नुभयो ।
कार्यक्रममा नेपाली इतिहास, संस्कृति तथा पुरातत्व, केन्द्रीय विभाग त्रिविको विभागीय प्रमुख प्रा.डा. सोमप्रसाद खतिवडाले कार्यशाला सफलतापूर्वक सम्पन्न गर्न सहयोग गर्ने सबैलाई धन्यवादज्ञापन गर्दै शोधार्थीको मेहनत र प्रयास प्रशंसनीय भएको बताउनुभयो ।
कार्यक्रममा नगर प्रमुख प्रजापतिले कार्यशालाका सहभागीहरुलाई प्रमाण वितरण गर्नुभएको थियो । साथै इतिहास्विद् प्रा.डा. पुरुषोत्तमलोचन श्रेष्ठको नेतृत्वमा सहभागीहरुले भक्तपुरको ऐतिहासिक र सांस्कृतिक सम्पदा यात्रा गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here