भक्तपुर, २६ वैशाख । भक्तपुर नगरपालिका अनुगमन समितिका सदस्य राजकृष्ण गोराको नेतृत्वमा गएको टोलीले कमलविनायक, लान्चाफल्चा, लिबाली र सूर्यविनायकमा भोज खुवाउने पार्टी प्यालेस र बैङ्क्वेटहरूमा अनुगमन ग¥यो । अनुगमनमा भान्छामा काम गर्ने कुकहरूले एप्रोन, मास्क, पञ्जा, हेयरनेट नलगाएको र फ्रिजमा पाकेको र काँचा मासुहरू एकै ठाउँमा भण्डारण गरेको र तरकारी, मसला बटर, ससेजलगायत सबै थोक मिसाएर राखेको पाइएकोले छुट्टाछुट्टै राख्न टोलीले अनुरोध गरेको छ ।
स्टार बैङ्क्वेटमा फ्रिजमा राखेको अनुगमनमा भान्छामा काम गर्ने कुकहरूले एप्रोन, मास्क, पञ्जा, हेयरनेट नलगाएको, फ्रिजमा पाकेको र काँचो मासु एकै ठाउँमा भण्डारण गरेको अन्य तरकारी, मसला बटर, ससेजलगायत सबै थोक मिसाएर राखेको पाइएकोले छुट्टाछुट्टै राख्न र पुरानो मासु २१ किलो जफत गरियो ।
कमलविनायक बैङ्क्वेटमा भान्छामा काम गर्ने कुकहरूले एप्रोन, मास्क, पञ्जा, हेयरनेट नलगाएको र फ्रिजमा पाकेको र काँचो मासु एकै ठाउँमा भण्डारण गर्ने गरेको र अन्य तरकारी, मसला बटर, ससेजलगायत सबै थोक मिसाएर राखेको पाइएकोले छुट्टाछुट्टै राख्न र बोकाको मासु साढे १ किलो नष्ट गरियो ।
ख्वप बैङ्क्वेट नवीकरण गर्न, भान्छामा काम गर्ने कुकहरूले एप्रोन, मास्क, पञ्जा, हेयरनेट नलगाएको र फ्रिजमा पाकेको र काँचो मासु एकै ठाउँमा भण्डारण गरेको, अन्य तरकारी, मसला बटर, ससेजलगायत सबै थोक मिसाएर राखेको पाइएकोले छुट्टाछुट्टै राख्न, बिग्रेको मासु १० किलो जफत गरियो ।
वल्र्ड दरबार पार्टी प्यालेसमा भान्छामा काम गर्ने कुकहरूले एप्रोन, मास्क, पञ्जा, हेयरनेट नलगाएको र फ्रिजमा पाकेको र काँचो मासु एकै ठाउँमा भण्डारण गर्ने साथै अन्य तरकारी, मसला बटर, ससेजलगायत सबै थोक मिसाएर राखेको पाइएकोले छुट्टाछुट्टै राख्न र बासी पुरानो ३ किलो कुखुराको पकाएको मासु जफत गरी नष्ट गरियो ।
महेश्वरी बैङ्क्वेटमा भान्छामा काम गर्ने कुकहरूले एप्रोन, मास्क, पञ्जा, हेयरनेट नलगाएको र फ्रिजमा पाकेको र काँचो मासु एकै ठाउँमा भण्डारण गरेको, अन्य तरकारी, मसला बटर, ससेजलगायत सबै थोक मिसाएर राखेको पाइएकोले छुट्टाछुट्टै राख्न, तराजु नवीकरण गर्न, किचेनको फोहर पानीको निकास व्यवस्थापन गर्न, खाद्यवस्तु कालो प्लास्टिकमा नराख्न र म्याद नाघेको बेसन ५ पाकेट र बासी मासु ३ किलो जफत गरी नष्ट गरियो ।
शुभकामना पार्टी प्यालेसमा भान्छामा काम गर्ने कुकहरूले एप्रोन, मास्क, पञ्जा, हेयरनेट नलगाएको र फ्रिजमा पाकेको र काँचो मासु एकै ठाउँमा भण्डारण गरेको, अन्य तरकारी, मसला बटर, ससेजलगायत सबै थोक मिसाएर राखेको पाइएकोले छुट्टाछुट्टै राख्न र तराजु नवीकरण गर्न निर्देशन दिइयो ।
अनुगमन समितिका सदस्य श्यामकृष्ण खत्री, रोशनमैयाँ सुवाल, रीता फसिकवा, ज्ञानबहादुर मानन्धर, भनपा श्यानिटेसनका नगर निरीक्षक दिलिपकुमार सुवाल, वडा निरीक्षक रामकृष्ण प्रजापति, कर शाखाका मोहनदेवी व्याञ्जु, जिल्ला प्रशासन कार्यालयका हरिहर काफ्ले, राष्ट्रिय उपभोक्ता मञ्चका मनोज थापा, महानगरीय प्रहरी परिसरका प्रहरी सहायक निरीक्षक अनिल खुलिमुली, बाबुराम लामा, प्रहरी जवान महेन्द्र थापा, उद्योग वाणिज्य सङ्घ भक्तपुरका विश्वराम दुवाल, भक्तपुर घरेलु तथा साना उद्योग सङ्घका सुमित्रा श्रेष्ठ र घरेलु कार्यालयका सीताराम त्वायनाको सहभागिता थियो ।
भक्तपुरका पार्टी प्यालेस र बैङ्क्वेट अनुगमन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1


















