अन्तराष्ट्रिय नर्सिङ काउन्सिल (आईसीएन) को आह्वानमा हरेक वर्षको मे १२ तारिखमा आधुनिक नर्सिङ पेशाको शुरुवात गर्ने फ्लोरेन्स नाईटिङ्गेलको जन्मदिनको अवसर पारेर विश्व नर्स दिवस मनाउने गरिएको छ ।
भारतको दार्जीलिङमा वि. सं. १९८८ माघ १४ गते जन्मिएर कलकत्तामा हुर्केकी लामू अमात्य नेपालको पहिलो नर्स भएको पुष्टि भएको छ । उनको निधन भने १९ जेठ ०६९ मा भएको थियो ।
नेपाल आगमन:
तत्कालिन समयमा कलकत्ता नै अध्ययनरत काठमाडौँका रैथाने भुवनेश्वर अमात्य आफ्नो खुट्टामा आएको समस्याका कारण उपचारका लागि कलकत्ता मेडिकल कलेजमा भर्ना भएका थिए, जहाँ उनको रेखदेखका लागि सिकारु नर्सका रुपमा खटिएकी लामू सँग प्रेमको सुरुवात हुँदै गएको थियो । नर्सिङ अध्ययनरत लामूले मेडिकल कलेजको सांस्कृतिक कार्यक्रममा देखाउने गरेको कत्थक नृत्य हेर्नकै लागि अस्पतालमै उपचाररत हुँदै गर्दाको समयमा भुवनेश्वर पनि पुगेका थिए । यसरी एक नेपाली सँगको प्रेमले उनी नेपाल आउने संयोग मिलाईदिएको उनलाई नेपालको पहिलो नर्स को परिचय पनि मिल्यो ।
नर्सिङ नसकिँदै सन् १९५३ मा भुवनेश्वरसँग विवाह गरेर नेपाल आएकी लामूले सन् १९५४ मा स्टाफ नर्सको पढाइ सकिएपछि नेपाली नागरिकता लिएर नेपालमै सेवा गर्ने उद्देश्यले उनले कलकत्ता छोडेकि थिईन् ।
सेवा:
स्वास्थ्य मन्त्रालय अन्तर्गत नर्सिङ तालिम परियोजनाबाट उनले काम सुरु गरेकी उनले ३० फागुन २०१२ देखि नेपालमा नर्सका रुपमा सेवा दिन थालेकी थिइन् ।

तस्विर: पहिलो नेपाली नर्स लामू अमात्य | First Nepali Nurse |


















