Thursday, January 16, 2025

विज्ञापनको लागि सम्पर्क : bhaktapurdaily@gmail.com

Home मनाेरञ्जन चर्चित गीत “दःपिनी द्यः ब्वयकी…”बोलको गीतको म्युजिक भिडियो सार्वजनिक

चर्चित गीत “दःपिनी द्यः ब्वयकी…”बोलको गीतको म्युजिक भिडियो सार्वजनिक

बैशाख १९, भक्तपुर । भक्तपुरमा एक पछि अर्को म्युजिक भिडियो निर्माण हुने क्रम थालिएको छ । यसै क्रममा भक्तपुरमा निक्कै चर्चित गीत “दःपिनी द्यः ब्वयकी…” बोलको गीतको म्युजिक भिडियो युट्युब च्यानलमा सार्वजनिक भएको छ । भक्तपुरका लोकप्रिय गायक राजकुमार मानन्धरको आफ्नै शब्द र संगीत रहेको उक्त म्युजिक भिडियोको परिकल्पना तथा निर्देशन कलाकार श्यामसुन्दर शिल्पकार गर्नुभएको हो ।
भिडियोमा भक्तपुरका प्रसिद्ध कलाकार श्यामसुन्दर शिल्पकार, अर्णेश्वरी शिल्पकार लगाायत भक्तपुरका अन्य कलाकारहरुको अभिनय रहेको देख्न सकिन्छ ।
उक्त म्युजिक भिडियोमा निश्चल भुजेलको सह छायाँङ्गन र अमर चित्रकारको छायाँकन तथा सम्पादन सम्पादन रहेको छ ।
विशेष गरेर सामाजिक विषयवस्तुमा केन्द्रित रहेको उक्त भिडियोमा समाजमा धनी र गरिबवीच अन्तर रहेको र धनी मानिसले के गर्छन् र गरीव मानिसले के गर्छन् भन्ने सन्देश दिइएको बताइएको छ । ७ मिनेट ४ सेकेण्ड रहेको म्युजिक भिडियोको पोष्ट प्रडक्सन ए एम क्रियसनले गरेको छ भने Rajkumar Manandhar को युट्युब च्यानलमा हेर्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
6
+1
3
+1
1
+1
2
+1
1
RELATED ARTICLES
- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments