बैशाख २०, भक्तपुर । भक्तपुर नगरको गौरवको योजनाको रुपमा बहुवर्षीय योजना अन्तर्गत अरनिको सभाभवन बन्ने भएको छ ।
भक्तपुर नगरपालिका वडा न ६ स्थित देकोचामा अरनिको सभाभवन बन्न लागेको हो । नगरपालिकाले एक सूचना जारी गर्दै २०८१ बैशाख २१ गते, शुक्रवारका दिन सभा भवनको शिलान्यास नेपाल मजदुर किसान पार्टीका श्रद्धेय अध्यक्ष एवं वरिष्ठ राजनीतिज्ञ श्री नारायणमान बिजुक्छें (रोहित) ज्यूको प्रमुख आतिथ्यतामा हुने जनाएको छ ।
अरनिको सभाभवन निर्माणस्थलमा बिहान ७:३० बजे शिलान्यासको कार्यक्रम तय गरिएको समेत बताइएको छ ।
भक्तपुर नगरपालिकाको आ.व. २०८०/८१) को नीति तथा कार्यक्रममा वडा नं ६ स्थित देकोचामा अरनिको सभाभावनलाई विशेष प्राथमिकतामा राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
13
+1
3
+1
1
+1
3
+1


















