सुकुन्दा साकोसको आयोजनामा निःशुल्क आँखा तथा दन्त शिविर सम्पन्न, ३ सय जना भन्दा बढि लाभान्वित

0
869

बैशाख १५, भक्तपुर । आर्थिक स्वतन्त्रता र विकासका लागि सहकारीता भन्ने नाराका साथ जगाती, भक्तपुरमा स्थापित सुकुन्दा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजनामा निःशुल्क आँखा तथा दन्त शिविर कार्यक्रम सम्पन्न भयो ।

जगाती स्थित वाईजल्याण्ड स्कुल वासिकचामा शनिबार सञ्चालन भएको स्वास्थ्य शिविरबाट तिन सय भन्दा बढिले सेवा लिएका छन् । उक्त शिविरमा आँखा परिक्षणमा १८० जना र दन्त परिक्षणमा १०२ जना र ९५ जनाले ब्लड प्रेसरको परिक्षण गरेका थिए ।

सुकुन्दा बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष राजभाई माकले सहकारीले आर्थिक कारोबारको हिसाब किताब मात्र गर्ने नभइ सामाजिक उतरदायित्व पनि बहन गर्नुपर्ने बताउदै सामाजिक उत्तरदायित्व निर्वाहको रुपमा सुकुन्दा सहकारीले निःशुल्क आँखा तथा दन्त शिविर कार्यक्रम आयोजना गरेको समेत उहाँले बताउनुभयो ।

शिविर समापन कार्यक्रममा सुकुन्दा साकोसका व्यवस्थापक सानुकाजी चिकंंबञ्जार, सचिव सुर्यराम त्वानाबासु, महिला समितिका संयोजक चित्रा कुमारी किसि, वाइजल्यान्ड स्कुलका प्रिन्सिपल आशा कुमार चिकंंबञ्जार र डा. योजना थापाले पनि बोल्नुभएको थियो ।

आँखा शिविरमा ख्वप अस्पताल (तिलगंगा अन्तर्गत) भक्तपुरको प्राविधिक सहयोग र दन्त शिविर कार्यक्रममा द डेन्टल सिटी हस्पिटल, भक्तपुरको प्राविधिक सहयोगमा सम्पन्न भएको थियो । कार्यक्रम पश्चात सहयोगी संस्थाहरु वाइजल्याण्ड स्कुल, ख्वप अस्पताल (तिलगंगा अन्तर्गत) र द डेन्टल सिटी हस्पिटललाई आयोजकको तर्फबाट धन्यवाद एवं मायाको चिनो प्रदान गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here