कमलविनायक साकोसद्वारा हस्तलेखन तालिम सुरु

0
528

बैशाख १५, भक्तपुर । कमल विनायक बचत तथा ऋण सहकारी संस्थाको युवा तथा खेलकुद उपसमितिको आयोजनामा कक्षा ५ र सो भन्दा माथिका बाल बचतकर्ताहरुको अक्षर सुधारको लागि १५ दिने हस्तलेखन तालिम सरस्वती विद्यागृह माविमा सुरु भयो ।

संस्थाका संस्थापक सल्लाहकार न्हुछे बहादुर खाताखोले प्रष्ट र सुन्दर अक्षरबाट व्यक्तिको व्यक्तित्व पहिचान हुने बताउँदै भविष्य निर्माणको लागि सहयोगी भूमिका निभाउने बताउनुभयो । तालिमका प्रशिक्षक सुरज दिदियाले सुन्दर अक्षर लेखनको लागि गरिएको मेहनतबाट विद्यार्थीहरू अझ बढी अरु क्षेत्रमा पनि मेहनत गर्ने बताउनुभयो ।

संस्थाका अध्यक्ष सुनिल मगजूले संस्थाको विभिन्न गतिविधि सञ्चालन र हालको अवस्था बारे जानकारी दिनुभयो । संस्थाका व्यवस्थापक नारायण प्रसाद ह्याैमिखाले नगरबासीको बचत रकम बहुउद्देश्यीय सहकारीबाट सुरक्षित नभएको अवस्थामा विकल्पको रूपमा स्थानीय व्यक्तिहरू मिलेर सहकारी स्थापना भएको बताउनुभयो ।

३६ जना बाल बचतकर्ताहरु सहभागी भएको उक्त कार्यक्रममा युवा तथा खेलकुद उपसमितिका संयोजक विश्वराम मगजू र रामकृष्ण सुवालले पनि आफ्ना विचार राखेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here