सुकुन्दा साकोसको आयोजनामा बैशाख १५ गते जगातीमा निःशुल्क आँखा तथा दन्त शिविर हुने

0
777

बैशाख ९, भक्तपुर । आर्थिक स्वतन्त्रता र विकासका लागि सहकारीता भन्ने नाराका साथ जगाती, भक्तपुरमा स्थापित सुकुन्दा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजनामा निःशुल्क आँखा तथा दन्त शिविर हुने भएको छ ।
यही बैशाख १५ गते शनिबार वाईजल्याण्ड स्कुल वासिंकचामा विहान ८ बजे देखि १ बजे सम्म शिविर संचालन हुने आयोजक समितिले जनाएको छ । शिविरमा ख्वप अस्पताल (तिलगंगा अन्तर्गत), भक्तपुर र द डेन्टल सिटी हस्पिटल, भक्तपुरको प्राविधिक सहयोग रहने बताइएको छ।
शिविरमा सहभागी भई स्वास्थ्य लाभ गर्नहुन सुकुन्दा बचत तथा ऋण सहकारी संस्था लिमिटेडले महानुभावहरुलाई आग्रह गरिएको समेत सूचनामा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
3
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here