भक्तपुरमा स्थानीय खेल कसिमला पाँय र हकंदला (गट्टा) को प्रतियोगिता सम्पन्न

0
837

बैशाख ८, भक्तपुर । भक्तपुर नगरपालिका ९ नं खेलकुद समितिको आयोजनामा शनिबार वडाव्यापी कसिमला पाँय र हकंदला (गट्टा) प्रतियोगिताको पुरस्कार वितरण तथा समापन कार्यक्रम सम्पन्न भयो ।


कार्यक्रममा प्रमुख अतिथि भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नपाले नागरिकहरुको स्वास्थ्यको लागि प्रत्येक वडाहरुमा खुल्ला व्यायामशाला संचालन गर्दै आइरहेको जानकारी दिनुहुदैं वर्तमान समयमा चिन्तामुक्त समाज निर्माण गर्नुपर्ने कुरामा विशेष जोड दिनुभयो । उहाँले काम गर्ने परिश्रमी व्यक्तिहरु कहिल्यै पनि नथाकिने भएकोले उनीहरुको आयु पनि बढ्ने बताउनुभयो ।
त्यस्तै भनपा वडा नं ९ का वडा सदस्य एवं कार्यपालिका सदस्य छोरीमैया सुजखु प्रजापतिले सभ्य, सुसंस्कृत समाज निर्माणमा वडावासीहरु लाग्नुपर्ने बताउदैं भातृत्व सम्बन्ध स्थापना गर्न खेलको आवश्यकता रहेको चर्चा गर्नुभयो ।
कार्यक्रममा भनपा वडा नं ८ का वडा सदस्य रामसुन्दर बासीले भनपाले शिक्षा, स्वास्थ्य क्षेत्रका साथै खेलकुद क्षेत्रमा पनि जोड दिदै आइरहेको बताउनुभयो । उहाँले नपाले प्रत्येक वर्ष खेलाडी सम्मान कार्यक्रम, खेलकुद प्रशिक्षण तथा तालिम दिदै आइरहेका पनि बताउनुभयो ।


४० वर्षभन्दा माथि उमेर भएकाहरुबिच खेलाइएको कसिमला पाँय प्रतियोगितामा चन्द्र बहादुर ज्याख्व प्रथम, राजु प्रजापति द्वितीय र कृष्ण प्रजापतिले तृतीय स्थान हासिल गर्न सफल भए भने महिलाहरुबिच भएको हकंदला (गट्टा) प्रतियोगितामा रिता साद प्रथम, राज्यलक्ष्मी कोजु द्वितीय र विष्णु केशरी प्रजापति तृतीय भएका थिए ।

कसिमला पाँय प्रतियोगितामा १७ जना पुरुषको सहभागिता रहेको थियो भने हकंदला (गट्टा) प्रतियोगिता ३२ जना महिलाहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा श्यामकृष्ण प्रजापति र पुण्यराम गोसाईले पनि बोल्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here