सम्पदा पुननिर्माण नाममा बजेट कुम्ल्याउने अवस्था अन्त्य हुने मन्त्री बज्राचार्यको उद्घोष

0
165

चैत्र २१, ललितपुर । बागमति प्रदेशका संस्कृति, पर्यटन तथा सहकारी मन्त्री शैलेन्द्रमान बज्राचार्यले अबबाट सम्पदा पुनर्निर्माणको बजेट खर्च हुने तर सम्पदा जिर्ण हालतमा रहने अवस्थाको अन्त्य हुने दावी गरेका छन् । मंगलबार पाटनको लायकू कुमारी दर्शन गर्न रत्नाकर महाविहार पुगेका मन्त्री बज्राचार्यले यस्तो भनेका हुन् । सो अवसरमा उपस्थित रत्नाकर महाविहारका साथै विभिन्न संघसंस्थाका प्रतिनिधिहरुसँग कुरा गर्दै मन्त्री बज्राचार्यले जीणर् अवस्थामा रहेका धार्मिक, ऐतिहासिक, सांस्कृतिक सम्पदाहरुको पनर्निर्माणको दायित्व बागमति प्रदेश सरकारले लिने बताए । ‘विगतमा बहाःबही, मठ, मन्दिर लगायतका सम्पदाको पुनर्निमाणको नाममा बजेट खर्च भएको तर, सम्पदा भने जीर्णै अवस्थामा रहेको देखियो । अब यस्तो हुँदैन । अब म आफैंले निरिक्षण गर्नेछु र बजेट सहि ठाउँमा सदुपयोग भई हाम्रासम्पदाहरु गर्वले ठडिनेछन्’ मन्त्री बज्राचार्यको भनाई हो ।


सोही अवसरमा रत्नाकर महाविहारबाट मन्त्री बज्राचार्यलाई कार्यकाल सफलताको कामनासहित नेवार परम्परा अनुसार सगुन दिइएको थियो । कार्यक्रममा नेपाल हस्तकला महासंघका अध्यक्ष प्रचण्ड शाक्य, रत्नाकर सहकारीका अध्यक्ष करुणारत्न बज्राचार्यले पहिल्यैदेखि स्थानीय संस्कृति, सम्पदाको संरक्षण, प्रवद्र्धनमा सक्रिय व्यक्ति नै बागमति प्रदेशको संस्कृति मन्त्री बनेर आउँदा समाजमा ठुलो आशा जागेको बताए । उज्वतदेव महाविहारका पूर्व अध्यक्ष रमेशराज बज्राचार्य, रत्नाकर महाविहार संरक्षण समितिका सचिव किरण बज्राचायले समाजसँग सल्लाह आदानप्रदान र छलफल गर्दै अगाडी बढ्न मन्त्री बज्राचार्यलाई सुझाव दिएका थिए ।
औपचारिक कार्यक्रम पछि मन्त्री बज्राचार्यले पुनर्निर्माणको क्रममा रहेको रत्नाकर महाविहारका संरचनाहरुको अवलोकन गरेका थिए । हिजो शालिकराम जम्कट्टेल नेतृत्वको बागमति प्रदेश सरकारले विश्वासको मत पाएसँगै मन्त्री बज्राचार्यले आजै काठमाडौं बसन्तपुरमा रहेकी लायकू कुमारी र भक्तपुरकी लायकू कुमारीको दर्शन गरी आशिर्वाद थापेका छन् ।.

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here