Thursday, January 16, 2025

विज्ञापनको लागि सम्पर्क : bhaktapurdaily@gmail.com

Home मनाेरञ्जन भक्तपुरको सल्लाघारीमा आजदेखि औद्योगिक साँस्कृतिक पर्यटन तथा व्यापार महोत्सव सुरु

भक्तपुरको सल्लाघारीमा आजदेखि औद्योगिक साँस्कृतिक पर्यटन तथा व्यापार महोत्सव सुरु

चैत २२, भक्तपुर । नयाँ वर्ष नयाँ सोच, युवाहरुको लागि प्रगतिको स्रोत भन्ने नाराका साथ भक्तपुरको सल्लाघारी चौरमा आठौं भक्तपुर औद्योगिक, साँस्कृतिक पर्यटन तथा व्यापार महोत्सव हुँदैछ । महोत्सव औद्योगिक शान्ति नेपाल संस्था र मध्यपुर ब्वाइज ब्यान्डको आयोजनमा हुन लागेको हो ।
चैत २२ गतेदेखि २०८१ बैशाख २ गतेसम्म हुने महोत्सवमा दैनिक उपभोग्यवस्तुको स्टल, कपडा, भाँडाकुँडा/सवारी साधनका स्टल रहने आयोजक समितिले जनाएको छ ।
त्यस्तै हरेक दिन ख्यातीप्राप्त कलाकारबाट सांगीतिक प्रस्तुति साहसिक तथा मनोरञ्जनात्मक खेलहरुको प्रस्तुति समेत रहेको जनाइएको छ ।
महोत्सवलाई मध्यनजर गरी वैशाख ३ गते गायक विपुल क्षेत्रीको विशेष प्रस्तुति समेत रहेको आयोजक समितिले जनाइएको छ ।
बिहान १०:०० बजेदेखि बेलुका ८:०० बजेसम्म हुने व्यापार महोत्सवमा सर्वसाधरणलाई टिकट शुल्क रु. ७० र विद्यार्थीलाई रु ५० निर्धारण गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
RELATED ARTICLES
- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments