महिलाहरु राजनैतिक रुपमा सचेत र संगठित हुनुपर्ने : सांसद सृजना सैजु

0
703

चैत २१, भक्तपुर । भक्तपुर नगरपालिकाको आयोजनामा संचालित आधारभूत सिलाइ तालिम, बुटिक तालिम र हेयर कटिङ तालिममा सहभागी समूहको आयोजनामा विस्का जात्रा तथा नयाँ वर्ष २०८१ को अवसरमा शुभकामना आदानप्रदान तथा वनभोज कार्यक्रम सम्पन्न भयो ।
प्रमुख अतिथि बागमती प्रदेश सभाका सांसद सृजना सैजुले नेमकिपाले महिलाहरुलाई सचेत पार्दै आएको बताउनुभयो ।अहिले शिक्षिकाहरुले विद्यालयको नेतृत्व गरिरहेको चर्चा गर्नुहुदै नपाद्वारा संचालित कलेजहरुमा ६० प्रतिशत महिलाहरुको सहभागिता रहेको तथ्यांक प्रस्तुत गर्नुभयो । तालिम एक प्रकारको शिक्षा भएको बताउनुहुदै महिलाहरु राजनैतिक रुपमा सचेत हुनुपर्ने र महिलाहरुले शारीरिक अभ्यास गर्नुपर्ने कुरामा जोड दिनुभयो ।


हरेक १ घण्टामा ७३ जना शिशुको जन्म हुने गरेको बताउदै महिलादिदिबहिनीहरुले शिशुको उचित स्याहार गर्नुपर्ने , तनाव व्यवस्थापन गर्नुपर्ने र बालबालिका हुर्काउन पारिवारिक वातावरण आवश्यक रहेको बताउनुभयो ।

अतिथि भक्तपुर नपाका प्रमुख प्रशासकिय अधिकृत वसन्त भट्टराईले विस्का जात्राको शुभकामना दिनुहुदै तालिममा सिकेको सिप व्यवहारमा उतार्नुपर्ने बताउनुहुदै आम्दानी हुने खालको व्यवसाय गर्न आवश्यक रहेको बताउनुभयो ।

त्यस्तै महिला, बालबालिका तथा समाज कल्याण समितिका संयोजक रोशनमैया सुवालले भनपाले २०४४ सालदेखि नै आधारभुत सिलाई तालिम दिदै आएको जानकारी दिनुहुँदै भनपाले संचालन गरेको तालिममा स्थानीयहरुको उत्साहजनक सहभागीता रहेको बताउनुभयो । कानुनले पनि ३३ प्रतिशत महिला सहभागितामा जोड दिदै आएको चर्चा गर्नुहुदै उहाँले महिलाहरूले पनि अवसर पाएमा सफल नेतृत्व गर्न सकिने बताउनुभयो ।


कार्यपालिका सदस्य छोरीमैया सुजखु प्रजापतिले भनपाले स्थानिय जनताको शिक्षा, स्वास्थ्य र सम्पदा संरक्षणमा जोड दिदै आएको बताउनुभयो । नपाले वडा मार्फत अहिले महिला दिदिबहिनीहरुको पाठेघर परिक्षण गरिदै आएकोले उहाँले स्वास्थ जाँच गर्न आह्वान गर्नुभयो ।
प्रशिक्षक कमला शाक्यले स्वागत मन्तव्य दिनुभएको उक्त कार्यक्रममा प्रशिक्षक बद्री कवाङ र अनिता खोंजुले प्रशिक्षार्थीको तर्फबाट धन्यवाद व्यक्त गर्नु भएको थियो ।
कार्यक्रम सभापति धर्मलक्ष्मी लघुको सभापतित्वमा सम्पन्न भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
1
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here