लघुकथा – सकस !

0
151
साहित्य
साहित्य

 रामकृष्ण प्रजापति
आज नगरव्यापी विद्यालय स्तरीय खेलकुद प्रतियोगिताको समापनसंगै अन्तरनगर प्रतियोगिता कुन खेल गर्ने भन्ने घोषण गर्ने दिन थियो । नगरपालिकामा अन्तरनगर खेल कुन गर्ने भने छलफलको लागि बिहान ११ः०० बजे बैठक बोलाईएको थियो । दुईतीन वटा खेल गर्न निवेदन परेको थियो । जनमानसमा बक्सिङ नै घोषणा हुन्छ कि भने थियो ।
खेलकुद समितिले कुन खेलको अन्तरनगर गर्ने भनि निणर्य सहित कार्यपालिकाको बैठकमा सहभागी हुँदा “संयोजकज्यू ! बक्सिङलाई किन पन्छाएको ? खेलकुद समिति र बक्सिङ संघको अन्तरद्वन्दले हो कि ?” कार्यपालिका सदस्यले संयोजक प्रति इशारा गर्दै भन्यो ।
“होइन त्यो .. बक्सिङ खेल ! पहिला भई सकेको, मुढेबलले खेल्ने साँढे जुधाई खेल ! हामीले २१ औं शताब्दीमा महिलाहरुलाई अगाडि सार्न महिलाहरुले खेल्ने खेलको अन्तरनगर आयोजना गर्नुपर्छ” अर्का वडाध्यक्षले पन्छाउँदै भन्यो ।
खेलको स्तरले त्यस देशको नागरिकको शारीरिक र मानसिक रुपमा राम्रो हुनुलाई संकेट गर्दछ । बक्सिङ एउटा संसार भर पुरानो धेरै प्रख्यात र बैज्ञानिक खेल हो । यस खेलमा अनुशासन र नियम कडा हुन्छ । बक्सिङ खेलले राम्रो खेलाडीहरुलाई आफ्नो संकल्प, शाहस, अपरिवर्तननशील स्वभाव र चरित्रको बारेमा धेरै ज्ञान दिन्छ । यसले दिमाग, नशा, मासंपेशी बीच संयोजनको कार्य विकास गर्ने मात्र होइन, शरीरिक कार्य क्षमता, स्फूर्ति र स्पिड(क्उभभम) पनि विकास गर्छ । यसको तिक्ष्ण गुणले तपाईंलाई आत्मारक्षा गर्न र अरुले हिर्काउँदा नम्र बन्न सिकाउँछ । यस्तो खेल अन्तरनगर गर्न पाए पो मनोरञ्जनका साथै देशका जनताको शारीरिक क्षमता बृद्धि गर्न सक्ने एक जना सदस्यले बताउँदै अन्तरनगर बक्सिङ गराउन जोड दियो ।
निणर्ायकको रुपमा बसेका प्रमुख र उपप्रमुख लगायत बैठकमा सहभागीहरुलाई कुन खेलको अन्तरनगर गर्ने भन्ने सकस भई रहेको थियो । खेलकुद समितिका संयोजनकले खेलकुद समितिको निणर्य भए अनुसार अर्कै खेलको अन्तरनगर हुने बताउँदै बैठकमा सहभागी सबैले मन भारी बनाई बक्सिङ खेलाडीहरु सम्झिदैँ निणर्यमा दस्तखत गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here