प्रदेश युवा परिषद्ले बागमती प्रदेश भित्र कृषि तथा पशु पालनको क्षेत्रमा संलग्न १६ देखि ४० वर्षसम्मका युवाहरुका लागि बढीमा रु ५००००।०० (अक्षेरुपी रु पचास हजारमात्र सम्मको सामग्री तथा अन्य आवश्यक सहयोग गर्ने भएकाे छ ।
कुनै युवाले उत्पादनशील र उद्यमशील कार्य गर्ने गरी स्टार्टअप पूँजी आवश्यक भएमा आवश्यकताको आधारमा इच्छुक युवाहरुले सूचना प्रकाशन भएको मितिले ३० दिन भित्र स्थानिय तहको शिफारिस लिइ प्रस्ताव पेश गर्न अनुराेध गरेकाे छ ।
आवश्यक कागजातहरुः
१. संस्था दर्ता प्रमाणपत्र
२. कर तिरेको वा नविकरण गरेको कागजात
३. उधमशिलताको फोटोहरु
४. जनशक्ति तथा उत्पादन लगायत सम्पूर्ण खुल्ने प्रस्ताव पत्र
५. आवश्यक सामग्रीको बजारमुल्य अनुसार अनुमानित लागत वा कोटेशन
६. स्थानिय तहको शिफारिस तथा प्रमाणिकरण ।
यस्ताे छ सूचना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1


















