माघ २०, भक्तपुर । भक्तपुर परियोजनाका लागि जर्मनीको संस्था जिटिजेडका लागि नेपाल आउनु भएका अस्ट्रियाका वास्तुकलाविद् गोट्ज ह्यागमुलरको ८५ वर्षको उमेरमा देहावसान भएको छ ।
सन १९७९ मा पहिलो पटक नेपाल आउनु भएका ह्यागमुलर लामो समयदेखि नेपालमा नै बस्दै आएका थिए ।
उनले भक्तपुरको पुजारीमठ, पाटनको पाटन संग्रहालय, कान्तिपथको गार्डेन अफ ड्रिम्स र अन्तमा कुथु मठ पूननिर्माण गरे । माघ १९ गते शुक्रबार कुथु मठमा देहान्त भएको थियो ।
उनको देहावसानले नेपाल र नेपालको वास्तुकलालाई माया गर्ने वास्तुकलामा अपुरणीय क्षति पुगेको भनिएको छ ।
फोटो : सुनिल उलक
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
1
+1
+1
1


















