भेलुखेलमा कार्तिक २५ गतेबाट अस्थायी फलफूल तिहार बजार संचालनमा आउँदै

0
209

कार्तिक २४, भक्तपुर । भक्तपुर नगरपालिका वडा न ५ स्थित भेलुखेलमा अस्थायी फलफूल तिहार बजार कार्तिक २५ गतेबाट संचालनमा आउने भएको छ ।

करिब २०० वटा पसलको क्षमता रहेको उक्त स्थलमा पसल बुकिङ गर्न कार्तिक २४ गतेसम्म पसल संचालन गर्न इच्छुक व्यापारीले ५ वडा कार्यालयमा सम्पर्क गर्न सकिने तिहार बजार व्यवस्थापन तथा अनुगमन समितिका संयोजक नारायण प्रसाद त्वायनाबासुले बताउनुभएको छ ।

 
भक्तपुरको टौमढी चोक विश्व सम्पदा क्षेत्र भएको र सर्वसाधारणलाई आवत जावतमा समेत समस्या भएको कारण भक्तपुर नगरपालिकाले विकल्पको रुपमा फलफुल बजार भेलुखेलमा व्यवस्थापन गरेको हो ।

फलफूल तिहार बजार कार्तिक ३० गतेसम्म संचालन हुने समितिले जनाएकाे छ ।

सूचना यस्ताे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here