‘जनमतलाई नगरको विकास र सम्बृद्धीमा रुपान्तरण गर्न प्रयासरत छौं’

0
128

नेपाल भाषा तःमुज्याले ४३ वर्षदेखि साहित्य र संस्कृतिको माध्यमबाट देश र जनताको सेवा गर्दै आएको छ । यस सम्मेलनले आगामी दिनमा थप प्रभावकारी ढंगले काम गर्न उर्जा मिलोस् भनी नेपालभाषा साहित्य तःमुज्या परिवारलाई हार्दिक शुभकामना व्यक्त गर्दछु ।

नेपाल मजदुर किसान पार्टीले स्थापनाकालदेखि देश र जनताको सेवा गर्दै आएको छ । भक्तपुर आजको अवस्थासम्म पुग्न धेरैले प्रत्यक्ष अप्रत्यक्ष योगदान गर्नु भएको छ । हामी निर्वाचित जन प्रतिनिधिहरुले निर्वाचन घोषणापत्रअनुसार काम गर्दैछौं । २०७९ बैशाख ३० गतेसम्पन्न स्थानीय तहको निर्वाचनमा हामी दोश्रो कार्यकालका निम्ति पुनःनिर्वाचित भयौं । अहिले १ वर्ष ४ महिना बिति सकेको छ । यस अवधिमा पहिलो कार्यकालमा शुरु गरेका कैयौं योजनाहरुलाई निरन्तरता दिन्दै घोषणापत्रमार्फत जनतालाई दिएको वचन एक एक गरी पुरा गर्दै छौं ।

ख्वप विश्वविद्यालय स्थापनाको लागि जोड दिने, नयाँ कलेजहरुको स्थापना गर्ने, पहिलेदेखि संचालित कलेजहरुमा नयाँ नयाँ कार्यक्रमहरु संचालन गर्नेलगायत शिक्षा सम्बन्धी निर्वाचन घोषणापत्रमा उल्लेखित हाम्रा प्रतिबद्धताहरु हुन् ।

शैक्षिक सुधारमा जोड दिंदै

ख्वप विश्वविद्यालय संचालनको लागि निरन्तर जोड दिइरहेका छौं भने ख्वप कलेज अफ ल नयाँ कलेज स्थापना गरी कानूनमा स्नातक तह(बिएएलएलबी)को कक्षा संचालन गर्दैछौं । अन्य निजी कलेजहरुमा ११÷१२ लाख लिने ५ वर्षे पढाइको हामीले ४ लाख ७० हजारमा पढाइ रहेका छौ । इतिहास, भूगोल, राजनितीशास्त्र, नेपाल भाषा, अर्थशास्त्र जस्ता विषयहरुमा स्नातकदेखि स्नातकोत्तर तहसम्म सम्पूर्ण नगरबासी विद्यार्थीहरुलाई छात्रवृत्तिमा पढाइ रहेका छौं । कुनै पनि नगरबासी विद्यार्थी गरिबीको कारण उच्च शिक्षा हासिल गर्नबाट वंचित नहोस् भनी शैक्षिक ऋणको व्यवस्था गर्दै आएकोमा हाल ४५० जनाभन्दा बढी विद्यार्थीहरु रु ५ लाखसम्मको शैक्षिक ऋणमा उच्च शिक्षा हासिल गरिरहेका छन् । प्रत्येक परिवार शिक्षित, सभ्य र सुसंस्कृत बनाउने र समाजलाई रुपान्तरण गर्ने सोचले कार्य गरिरहेका छौं ।

पहिलेदखि संचालनमा रहेका कलेजहरुमा नयाँ नयाँ विषयहरु स्विकृति पाउन निरन्तर प्रयास गर्दैछौं । तर त्रि.वि.वि. हाम्रा कलेजहरुमा नयाँ कार्यक्रम संचालनको लागि स्विकृति दिन तयार छैन । हाम्रा कलेजहरुमा सबै पूर्वाधारहरु छन् , सक्षम जनशक्ति छ, तापनि विभिन्न बहाना बाजी गर्दै स्विकृति दिइरहेको छैन । यस्ता अनेकौं कारणहरुले गर्दा वर्षको १ लाख १० हजार विद्यार्थी विदेशमा उच्च शिक्षा पढ्न गएका छन् । त्यसबाट झण्डै १ खर्ब रकम बाहिरिएको छ । भारतमा भर्ना खुल्ने अवधिभर नेपालका विश्व विद्यालयहरुमा तालाबन्दी, हड्ताल, बन्द, तोडफोड हुन्छन् जब बाहिर जाने क्षमता भएका सबै विद्यार्थीहरु विदेश जान्छन् तब आन्दोलनकारीहरुले सम्झौता गर्छन् र कलेज खोल्छन् । यहाँका प्राध्यापक, बुद्धिजीवीहरु र शासक दलका विद्यार्थी संगठनहरु विद्यार्थी विदेश पठाउनुमा जिम्मेवार छन् ।

विदेशी सल्लाहकारको आधारमा पाठ्यक्रम बनाउने, पाठ्यपुस्तक लेख्ने, विदेशी विश्व विद्यालयबाट सम्बन्धनमा कलेजहरु संचालन गर्न दिने व्यवस्थाले आज नेपाली विद्यार्थीहरु नेपालमै पढ्न चाहन्दैनन् । नेपालको शिक्षा क्षेत्र ध्वष्ट पार्नुमा साम्राज्यवादी शक्ति र त्यसको इसारामा चल्ने कथित बुद्धिजीवीहरु जिम्मेवार छन् । उनीहरुले आफ्नो बुद्धि र विवेक देश निर्माणमा लगाउनुभन्दा साम्राज्यवादीहरुमा बन्धक राखी सकेका छन् ।

सरकारले नयाँ कानून बनाएर शिक्षा सम्बन्धी नगरपालिकाको अधिकार खोस्न खोज्दैछ । नेपालको संविधान अनुसार १२ कक्षासम्मको सम्पूर्ण अधिकार स्थानीय तहको हो । हाल प्रस्तावित शिक्षा विधेयकले जि.शि.का. पुनः स्थापना गरेर पंचायत कालीन शिक्षा नीति लागू गर्न खोज्दैछ । शिक्षा विधेयक नेपालको संविधान र संघीयताको भावना विपरीत छ । यो कुनै पनि अर्थमा स्थानीय तहहरुका लागि स्विकार्य हुन सक्दैन ।

स्वास्थ्यबारे प्रतिवद्धता पूरा गर्दैः

घरदैलो नर्सिङ, वडा वडामा क्रमशः स्वास्थ्य केन्द्र स्थापना गर्दैछौं र १०० बेडको ख्वप अस्पताल संचालनमा ल्याएका छौं । ख्वप अस्पताललाई जनताको आफ्नै अस्पतालको रुपमा विकास गर्दैछांै । उक्त अस्पतालले दैनिक ८÷९ सय बिरामीलाई सेवा प्रदान गर्दै आएको छ । गत आ.ब. २०७९।८०मा ख्वप अस्पतालले देशका७०जिल्लाका २लाख २०हजार ४ सयभन्दा बढी नागरिकहरुलाई सेवा प्रदान गर्यो । सारा नगरवासीलाई निःशुल्क अक्सिजन र निःशुल्क रगतको व्यवस्था गर्दै छिटो छरिटो गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने कोशिश गर्दैछौं । सिटी स्क्यान, एमआरआइ जस्ता उच्च स्तरको स्वास्थ्य उपकरण जडानका लागि हामी प्रयत्नरत छौं । भक्तपुर अस्पताल, क्यान्सर अस्पताल र मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुरमै भएकोले हरेक किसिमको उपचार भक्तपुरमै सम्भव बनाउने हाम्रो तयारी हो । लामो समयसम्म रिफर सेन्टर भनि बदनाम भक्तपुर अस्पताल गत आ.व. मा उत्कृष्ट सेवा गरेर नेपाल प्रथम भयो भने, ३ वर्ष अघि वागमती प्रदेशको उत्कृष्ट घोषणा भएको थियो ।

आ. व. २०७९।८०को रेकर्डअनुसार घरदैलो नर्सिङका नर्स बहिनीहरुले १३,३७० घर पुगेर ६२,१९० नागरिकसँग भेटघाट गरी स्वास्थ्य सम्बन्धि सामान्य जानकारी लिए भने ६,३५२ जनालाई विशेष उपचार प्रदान गरे । त्यस्तै ख्वप तिलगंगा अस्पतालले १ वर्षमा २८,०३८ जनालाई आखाँको साधारण उपचार प्रदान गर्नुका साथै ७१० जनाको मोतिविन्दुको शल्यकृया ग¥र्याे भने नगर आरोग्य केन्द्रले २८३० जनाको उपचार गरेको देखिन्छ ।

जनतालाई स्वस्थ राख्न नगरका ठाउँ ठाउँमा ब्यायामशालाको व्यवस्था गर्दै आएकोमा हाम्रै प्रशिक्षकहरुबाट छिकोङ व्यायाम वडा वडामा संचालन गर्दैछौं । शरीरलाई स्वस्थ राख्न आफ्नो अनुकुल समयमा व्यायाम गर्न हामी सम्पूर्ण नगरबासीहरुमा आग्रह गर्दछौं ।

भक्तपुरप्रति पक्षपातपूर्ण व्यवहारः

संविधानमा वित्त आयोगको व्यवस्था छ । त्यसको सिफारिस सबै स्थानीय तहलाई संघ र प्रदेशले विभिन्न शीर्षकमा अनुदानको व्यवस्था गरिएको छ । विशेष, समपुरक र सशर्त अनुदानको व्यवस्था भएकोमा चालू आ. व. २०८०÷८१ को लागि वागमती प्रदेशवाट दिइने विशेष र समपुरक अनुदान भनपालाई शुन्य बनाइयो । यो संविधान र कानुन विपरीत पुर्वाग्रही र पक्षपातको नमूना हो । यसबारे हामीले वित्त आयोगको बैठकमा कुरा उठायौं । त्यहाँबाट कमजोरी भएकोे स्विकार ग¥र्याे । यसरी भक्तपुरको विकासलाई पछि धकेल्न शासक दलहरुले विभिन्न पक्षपात र पूर्वाग्रही व्यवहार गर्दै छन् ।

हाम्रा चुनौतिहरुः

ड्ड नेपालको संविधान र स्थानीय सरकार संचालन ऐन, २०७४ ले कर्मचारी राख्ने अधिकार स्थानीय तहलाई दिएको छैन । प्रदेश लोकसेवाबाट आएका कर्मचारीहरुको भरमा स्थानीय तह संचालन गर्नु पर्ने अवस्था छ । यो स्थानीय स्वायत्त शासन ऐन २०५५ भन्दा प्रतिगामी छ । स्थानीय तहको अधिकार खोसेर प्रजातन्त्र बलियो हुन सक्दैन र स्थानीय तहमा संघ वा प्रदेशले कर्मचारीको व्यवस्था गर्ने प्रणाली संघीय भावना विपरीत पनि छ ।

ड्ड चुनावी घोषणापत्रअनुसार हनुमन्ते खोला सुधारको क्रम जारी छ । भनपा २ सल्लाघारी र भनपा ७ हनुमानघाटमा गरी २ वटा उपचार पोखरी निर्माणाधिन अवस्थामा छन् । खोला सुधार हाम्रो अर्काे चुनौति हो ।

ड्ड देकोमिवा आवास योजनाको जग्गा फिर्ता गर्ने क्रम जारी छ । त्यहाँ केही समस्याहरु देखिएकोमा सरोकारवालाहरुसँग छलफल गरी टुङग्याउने प्रयास गर्दैछौं । त्यसलाई यथाशिघ्र टुङ्ग्याउने प्रयाश भइरहेको छ ।

ड्ड संघ र प्रदेश सरकारहरुले संविधान बमोजिम बनाउनुपर्ने साझा अधिकार सूचिमा उल्लेखित कानूनहरु निर्माण नगर्नु अर्काे समस्या हो । स्थानीय तहहरुले कानूनको अभावमा कतिपय कार्यहरु गर्न बाधा भोगिरहेका छन् ।

ड्ड स्थानीय सरकार संचालन ऐन, २०७४ अनुसार जिल्ला स्तरीय संरचनाहरु पलिका अन्तर्गत आउनु पर्नेमा संघ र प्रदेश सरकारले समय समयमा कानून संशोधन गर्दै यथावत राख्ने प्रयास गरे । कृषि, मालपोत, नगर विकास, सिंचाइ, शिक्षा आदि संरचनाहरु यथावत राख्दा राज्यको खर्च निक्कै बढ्न गएको छ ।

सीपमुलक तालिमहरुः

प्रत्येक युवाहरुलाई सीप दिने उद्देश्यले भनपाले चिनियाँ भाषा, जापानी भाषा, कुक तालिम र सिलाई बुनाइ तथा हेयर कटिङ जस्ता थुप्रै विषयहरुको तालिम दिहरहेको छ । हरेक युवा सक्षम नागरिक बनेर देश र जनताको सेवामा समर्पित बनाउने हाम्रो उदेश्य हो ।

सीमित बजेट बीच भनपाले संविधान र कानूनको परिधिभित्र रहेर जनताको साथ र सहयोगमा विकास निर्माण र सेवा क्षेत्रमा कार्य गरिआएको हुँदा आज देशका विभिन्न स्थानीय तहका जनप्रतिनिधिहरू भनपाको कार्य हेर्न आइरहुन भएको छ । यो ख्वप मोडेलको रुपमा अहिले परिचित हुँदैछ । नेमकिपा र यसका कार्यकर्ताहरु तथा यहाँका जनताले दशकौदेखि मिहिनेत, परिश्रम गर्दै भक्तपुरलाई अगाडि बढाउन जुन अठोट गर्नु भयो त्यसको मूल्यांकन बिस्तारै हुँदै छ ।

भक्तपुरलाई थप उचाइमा पु¥र्याउन निरन्तर हातेमालो गर्दै अगाडि बढ्न आग्रह गर्छु । निर्वाचनमा जनताले दिएको मतलाई शक्तिमा बदलेर भक्तपुर नगरको विकास र सम्बृद्धीमा रुपान्तरण गर्ने हाम्रो प्रशास जारी सहने छ ।

(भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले २०८० कार्तिक ९ र १० गते सम्पन्न ४३औं नेपाल भाषा साहित्य तःमुज्यामा दिनु भएको मन्तव्यको सार संक्षेप)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here