सरकारी कार्यालय अब ४ बजेसम्म मात्र खुल्ने

0
122

काठमाडौं : देशभरका सबै सरकारी कार्यालय भोलि (बिहीबार) देखि अपरान्ह ४ बजेसम्म मात्र खुल्ने भएको छ।

सरकारले राजपत्रमा प्रकाशित गरेको सूचना अनुसार कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म नेपाल राज्यभरका सबै सरकारी कार्यालय बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म मात्रै खुल्नेछन्।

यो अवधिमा शुक्रबारको दिन भने ३ बजे नै कार्यालय बन्द हुने गृह मन्त्रालयले जनाएको छ। जाडो समयमा दिन छोटो हुने भएकाले हरेक वर्ष तीन महिना कार्यालय समय एक घण्टा घटाउने गरिएको छ।

गृह मन्त्रालयका अनुसार सरकारी कार्यालयहरू वैशाख १ गतेदेखि आज (मंगलबार) कात्तिक १५ गतेसम्म र माघ १६ गतेदेखि चैत मसान्तसम्म बिहान १० बजेदेखि अपरान्ह ५ बजेसम्म संचालन हुनेछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here