कार्तिक ६, भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष कामरेड नारायणमान बिजुक्छें (रोहित) ले आज बिहान भक्तपुर नगरपालिकाद्वारा संचालित ख्वप अस्पताल च्याम्हासिंह र ब्रम्हायणीमा निरीक्षण गर्नुभयो।इमर्जेन्सी वार्ड, प्रयोगशाला तथा विभिन्न वार्डहरू पुगी सेवाग्राही, विरामी, नर्स, चिकित्सक आदिसॅंग कुराकानी गर्नुभयो।चाडवाडमा अझ बढी सेवा भरपर्दो तरिकाले दिनुपर्ने अध्यक्ष रोहितले बताउनुभयो। उहांले अस्पतालले प्रदान गर्दै आएको सेवा तथा सुविधा, प्राबिधिक पक्ष आदिबारे जानकारी लिनुभयो। अध्यक्ष रोहितले जनताका गुनासालाई बेलैमा सम्वोधन गर्न सुझाव दिनुभयो।

Photo: Surendra Raj Gosai
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1


















