कार्तिक ६, भक्तपुर । महानवमीको अवसरमा मनाइने भक्तपुरको परम्परागत ऐतिहासिक तथा साँस्कृतिक खःम्ये व्वाकेगु जात्रा आज मनाइँदैछ ।
धार्मिक, साँस्कृतिक, र ऐतिहासिक दृष्टिले अत्यन्त महत्वपूर्ण मानिने खःम्येलाई महिषासुर दैत्यको प्रतीकका रुपमा मानी खःम्ये जात्रा मनाइने परम्परा छ । महिषासुरको प्रतीक मानिएको खःम्ये जात्रा विजयादशमीको एक महत्वपूर्ण जात्राका रुपमा लिने गरिन्छ ।
नवदुर्गा द्योःछें(देवगृह)मा राखिएका खःम्येलाई जाँडको कट खुवाएर, जिऊभरी सिन्दुर र तेल लगाई लठ्ठ पारी तान्त्रिक विधिअनुरुप पुजाआजा गरी नवदुर्गा द्योःछेबाट बाहिर निकाली दौडाएर व्रम्हायणी पीठसम्म पुर्याइन्छ भने दशमीको दिनमा ब्रम्हायणी पिठमा दिनभर मेला लाग्ने गर्दछ ।
photo: dinesh photography
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1


















