भक्तपुर जिल्ला बक्सिङ्ग संघको आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम

0
234

कार्तिक ५, भक्तपुर । भक्तपुर जिल्ला बक्सिङ्ग संघको आयोजनामा विजया दशमी तथा शुभ दिपावलीको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम नेमकिपाका केन्द्रीय सदस्य एवम् भक्तपुर नगरपालिकाका पूर्व नगरखेलकुद समितिका संयोजक तथा ७ नं वडाध्यक्ष उकेश कवाँको प्रमुख आतिथ्यतामा एक समारोह बीच बालाखु बज्र गेष्ट हाउस एण्ड रेष्टुराँमा शुक्रवार सम्पन्न भयो ।


कार्यक्रममा प्रमखु अतिथि उकेश कवाँले हरेक कुरा राजनीतिकबाट निर्देशित हुने बताउँदै ओलम्पिक कमिति होस् वा विभिन्न खेलकुद संघ होस् कुनै राजनीतिक कतैबाट संचालन भई रहने भएकोले हामीले कमिकमजोरी हटाई इमान्दारपूर्वक काम गरी प्रदेश र संघसम्म पहुँच बनाउनु पर्ने बताउनुभयो । उहाँले यहाँ नक्कली सिक्काले सक्कली सिक्कालाई विस्थापित गर्न खोज्नेहरुको कमि नरहेको एकजुत भई इमान्दापूर्वक काम गरी बलियो बनाए भक्तपुर जिल्ला बक्सिङ्गसंघको सान बढ्ने बताउनुभयो । उहाँले गैर आवासिय नेपाली संघ(एनआरएन)लाई आर्थिक अधिकार सहितको नागरिकता दिनु गलत भएको भन्दै नाफा सबै विदेशिदा देश ओराले लाग्ने बताउनुभयो । उहाँले नेपालको नागरिकता त्यागि बुबा आमा छोडेर जानेहरु फेरी नेपालमा आई दाजुभाइको सम्पति माथि आखाँ गाड्ने गरी गैर आवासिय नेपालीहरुलाई संविधान निर्माणमा उपेन्द्र महतो र बाबुराम भट्टाराईले जोडबलले लेखाउँदा आजको यो स्थिति आएको बताउनुभयो । उहाँले ठूला देश चीन र भारतमा अधिक जनसंख्याका कारण ज्यामी सस्तो हुने भएकोले गैर आवासिय नेपालीहरुलाई नगरिकता दिनु भनेको देश विदेशीलाई सुम्पनु हो भन्दै राजनीतिक अधिकार सहितको बंशज नगरिकता नपाएसम्म उनीहरुले संघर्ष गरिरहने बताएको भन्नुभयो । उहाँले जिल्ला प्रशासनबाट दिनु पर्ने नागरिकता नीति निर्माण थलो बालुवाटारबाट नगरिकता दिनु गलत प्रकृया भएको बताउँदै दलालहरुको घेरामा शासकहरु रहेका प्रचण्ड भारतीय दलाल भएको बताउनुभयो । उहाँले सत्रु सियो भएर पसेर हात्ति भएर नाच्ने बताउँदै खेलाडीहरु राजनीतिक संस्कारयुक्त भएर अगाडि बढ्नु पर्ने बताउनुभयो । उहाँले धर्म भनेको कर्म भएको बताउँदै राम्रो कर्म गरे फल पनि राम्रो हुने दशैंको शुभकामना दिनुभयो ।


कार्यक्रममा भक्तपुर नगरपालिका युवा तथा खेलकुद समितिका सदस्य एवम् ४ नं वडाध्यक्ष उपेन्द्र सुवालले खेलमा गाइडलाइन(पथप्रदर्शक) भए राम्रो खेलाडी हुने बताउँदै खेलाडी अवैतानिक राजदुत, सन्देश बाहक भएको बताउनुभयो । उहाँले खेलाडीहरु सामाजिक र राजनीतिक सचेत हुनुपर्ने भन्दै २०४६ सालको आन्दोलन खेलाडीहरु नै अगाडि भएकोले हुलमुलको पछाडि लाग्नु नहुने बताउनुभयो ।
कार्यक्रममा नेपाल बक्सिङ्ग महासंघका कोषाध्यक्षले खेलाडि अनुशासित हुनुपर्ने बताउँदै खेलाडीहरुलाई सहयोग गर्नु हुनेलाई धन्यवाद दिनुभयो ।


कार्यक्रम भक्तपुर जिल्ला बक्सिङ्ग संघका अध्यक्ष रामकृष्ण प्रजापतिको सभापतित्वमा सम्पन्न कार्यक्रममा सचिव साजन लघुले पनि बोल्नु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here