पाक शिक्षा तालिममा सहभागी प्रशिक्षार्थीहरुलाई पाठ्यक्रम तथा एप्रोन वितरण

0
180
पाक शिक्षा तालिममा सहभागी प्रशिक्षार्थीहरुलाई पाठ्यक्रम तथा एप्रोन वितरण

असोज २६ गते, भक्तपुर । भक्तपुर नगरपालिकाको आयोजनामा संचालन भइरहेको पाक शिक्षा तालिममा सहभागी प्रशिक्षार्थीहरुलाई शुक्रबार एक कार्यक्रमविच पाठ्यक्रम तथा एप्रोन वितरण कार्यक्रम सम्पन्न भयो । कार्यक्रममा प्रमुख अतिथि भक्तपुर नगरपालिकाका उप प्रमुख रजनी जोशीले तालिममा सिकेका कुराहरुलाई व्यवहारमा उतार्नुपर्ने कुरामा विशेष जोड दिनुभयो ।

पाठ्यक्रम तथा एप्रोन वितरण

पुर्खाले सिर्जेको सम्पति, हाम्रो कला र संस्कृति भन्ने नारालाई आत्मसात गरेर भक्तपुर नगरपालिकाले शिक्षा, स्वास्थ्य, सम्पदा संरक्षणमा प्राथमिकतामा राखि जनभावना अनुसार काम गरिरहेको चर्चा गर्नुभयो । साथै उहाँले मौलिक खानाका परिकारलाई पनि प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो ।
उक्त कार्यक्रममा भक्तपुर नगरपालिका वडा नं ७ का वडा अध्यक्ष उकेश कवांले पाक शिक्षा तालिम व्यवसाय र संस्कृतिसँग पनि जोडिएकोले परम्परागत खानेकुराका परिकारमा पनि ध्यान दिनुपर्ने बताउनुभयो ।
साथै भक्तपुर नगरपालिका वडा नं ३ का वडा अध्यक्ष राजकृष्ण गोराले नगरपालिकाले युवा लक्षित तालिम अन्तर्गत विभिन्न तालिमहरु दिदै आएको प्रसङ्ग जोडनुहुदैं तालिममा हासिल गरेको ज्ञान, सीप तथा क्षमता उपयोग गरी पेशा अंगाल्नुपर्ने बताउनुभयो ।


पाक शिक्षा तालिमका प्रशिक्षक सुनिल दुवालले तालिममा सैद्धान्तिक भन्दा पनि प्रयोगात्मकमा जोड दिदै आएको बताउनुभयो ।


महिला बालबालिका तथा समान कल्याण समितिका संयोजक रोशनमैया सुवालको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रममा समितिका सदस्य हेरा ख्याजुले स्वागत मन्तव्य दिनुभएको थियो भने समितिका सदस्य छोरीमैया सुजखु प्रजापतिले पनि बोल्नुभएको थियो । पाक शिक्षा तालिममा ६६ जना प्रशिक्षार्थीहरुको सहभागिता रहेको छ ।

पाक शिक्षा तालिममा सहभागी प्रशिक्षार्थीहरुलाई पाठ्यक्रम तथा एप्रोन वितरण

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here